नयाँ कार्यालयमा राष्ट्रिय जनता पार्टी नेपाल

नयाँ कार्यालयमा राष्ट्रिय जनता पार्टी नेपाल


प्रदेश नम्बर २ को निर्वाचनको चर्चा चुलिँदै गर्दा विभिन्न राजनीतिक दल मिलेर बनेको तराईकेन्द्रित राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय सञ्चालनमा आएको छ । बबहरमहलस्थित मधेसी कर्मचारी संगठनको भवनमा राजपाले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई–मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आज उद्घाटन गरिएको हो । राजपाका अध्यक्ष मण्डलका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र अनिल झाले संयुक्त रूपमा झण्डोत्तलन गरेका थिए। कार्यालय सञ्चालनमा आएसँगै राजपाको पदाधिकारी बैठक पनि सुरु भएको बुझिएको छ ।

पार्टी एकिकरणपछि पहिलोपटक बस्न लागेको पदाधिकारी बैठक तीन दिनसम्म चल्ने र बैठकले राजनीतिक प्रस्तावसँगै थप कार्यसूची तय गरिने बताइएको छ ।