दासत्वको शिकार भएकाहरुलाई प्रहरीद्वारा उद्वार

दासत्वको शिकार भएकाहरुलाई प्रहरीद्वारा उद्वार


लण्डन । २०० जना भन्दा बढी प्रहरीहरुका जत्थाले हिजो एउटा पर्यटकीय क्याराभान साइटमा छापा मारेर २ दर्जनजति दासको रुपमा प्रयोग गर्दै आएका मानिसहरुलाई उद्वार गरेको छ । एकदमै नाजुक स्थितिमा रहेका केही मानिसहरुलाई विगत १५वर्षदेखि दासको रुपमा कज्याउँदै राखेको खुल्न आएको छ । लेइटन बज्जर्ड, बेलफोर्डसायरका ग्रीनएकर ट्राभलर्सबाट कम्तीमा चारजना पुरुष र एकजना महिलालाई मानिसहरुलाई दास बनाएर राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट शिकार भएकाहरुलाई शीघ्र उपचार र स्वास्थ्य पारिक्षणका लागि अपरेशनको प्रारम्भिक चरणमा नै पठाइएको थियो । प्रहरीका अनुसार ती दास बनाएर राखेका मानिसहरु प्राय पूर्वी युरोप र अंग्रेज मूलका पृष्ठभूमि भएका मानिसहरु रहेको बताइएको छ । प्रमुख अपराध शाखा बेडफोर्डसायर र हार्टफोर्डसायरका डेट चीफ इन्स्पेक्टर, ओ नीलले … जुन व्यक्तिहरुलाई हामीले उद्वार गरेका थियौं उनीहरुका स्वास्थ्य राम्रो थिएन र उनीहरु बस्ने डेरा एकदमै अस्वस्थगकारक र मैलै-मैलाले भरिएको थियो । हामीलाई यस्तो लाग्यो कि उनीहरु कमाराको हैसियतमा काम गरिरहेका थिए, तिनमभ्येमा केही मानिसहरु विगत १५वर्षदेखि दासको रुपमा प्रयोग भइरहेका थिए … भनेका छन् । ५जना गिरफ्तार गरेकाहरुलाई सन् २०१० सालको स्लेभरी एण्ड सर्भिचुड कानूनअन्तर्गत पक्राउ गरिएको छ । गिरफ्तार गरेकाहरुलाई बेडफोर्डसायर र हार्टफोर्डसायरका प्रहरी स्टेशनमा राखिएका छन् । यो पक्राउ धेरै लामो जाँचपडतालपछि, २४जना मानिसहरुलाई उनीहरुका मर्जीबिना बिनापैसा जबर्जस्ती काम गराउँदै आएको सूचनाको अधारमा छापा मारेर पक्राउ गरेको थियो । त्यतिबेला केही ठिटाहरु बाटो हुँदो दौडिनेबाहेक त्यस ठाउँमा त्यहाँका वासिन्दहरुसँग यस सन्दर्भमा केही कुराहरु सोधपुछ गर्दा उनीहरु बोल्न चाहेका थिएनन् । ओ नीलले … दासत्वको शिकार भएका मानिसहरुका संख्या धेरै र यसमा संलग्न मानिसहरुका संख्या पनि धेरै र क्षेत्र पनि बढेकाले हामीलाई धेरै मानिसको खाँचो परेका थियो … भनेका छन् । यस अपरेशनबाट धेरै मानिसहरुलाई बाधा पर्ने हामीलाई थाहा थियो, तर, सबैले स्थितिलाई बुझेकाले यस अपरेशनमा मद्दत पुर्‍याएका थिए, मद्दत गरेका सबैजनाप्रति हामी धन्यवाद टक्रयाउँछौ… भनेर उद्धृत गरेका छन् । यस व्यापक अपरेशनमा अपराध शाखा र आफ्नो मातहातमा रहेका विशेष प्रशिक्षित कुकुरहरु संलग्न थिए, सपोर्ट युनिटका हेलिकप्टर र हातहतियारको मद्दत तथा यूके हृयूम्यान ट्राफिकिङ सेन्टरका अधिकारीहरु पनि सहभागी थिए । कुनै पनि व्यक्तिलाई यसबारे थाहा लागेमा प्रहरीलाई ०१७० ७३५ ५७९८ अथवा ०८०० ५५५ १११ सम्पर्क गरेर खबर दिनका लागि आहृवान प्रहरीले गरेको छ । श्रोत – मेट्रो, सुमल, मेस ।