लण्डन । गत आइतबार, लण्डननजिकै रिडिङमा आठौं पोखरेली झ्याल यूके-११ भव्यताका साथ सम्पन्न भएको छ । करण गुरुङ, मोहन थापा र प्रेम बीकेद्वार अपरान्ह १ बजेबाट ५ बजेसम्म अनौपचारिक कार्यक्रमहरु सञ्चालन गरिएका थिए जसमा मुख्य रुपमा महिला खेल-फेवाताल डुङ्गा प्रतियोगिता, एडल्ट खेल-टग ओ वार र अन्य सांस्कृतिक प्रस्तुतीहरु रहेका थिए । पोखरेली मञ्च यूकेका अध्यक्ष सी.वी.पुनको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रमको सञ्चालन संयुक्त रुपमा सूर्य गुरुङ, प्रेम गुरुङ, नविना गुरुङ र मुख्य रुपमा सञ्चालनको जिम्मा पोखरेली मञ्च यूकेका महासचिव मनप्रसाद गुरुङको रहेको थियो ।
हङकङमा व्यापक सफलताका साथ हरेक वर्ष आयोजित हुने पोखरेली झ्यालको आयोजक संस्था मीतरी सेवा समिति पोखरा, हङकङका अध्यक्ष तुलसी कुमार गुरुङ र रिडिङ नेपलिज एस्सोसिएसनका अध्यक्ष महेश गुरुङ विशेष अतिथि रहेको उक्त औपचारिक कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अन्य अतिथिका रुपमा बोलाइएका थिए । पोखरेली मञ्च यूकेकी उपाध्यक्षा नन्दा कुमारी गुरुङले स्वागत मन्तव्य दिएकिथिईन् भने तुलसी कुमार गुरुङ, महेश गुरुङले शुभकामना मन्तव्य दिएका थिए । सो औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष सी.वी. पुनले धन्यवाद दिई विसर्जन गरेपटि औपचारिक अनि प्रतीक्षित साँस्कृतिक कार्यक्रमको शुरुवात भएको थियो । साढे सात बजेबाट लगभग १० बजे रातिसम्म सञ्चालित कार्यक्रमलाई सहसंयोजन पोखरेली गायक विवेक श्रेष्ठले गरेका थिए । मीतेरी सेवा समिति पोखरा हङकङबाट हङकङेली कलाकारहरुको एक समूह उक्त संस्थाका अध्यक्ष तुलसी कुमार गुरुङले लिएर आएका थिए, जसमा मुख्य रुपमा रविन श्रेष्ठ(एक्स-नेपथ्य), राजु गुरुङ (इस्ट लाइफ), सितल पुन, सीता पौडेल, हरिमान गुरुङ, कृष्ण गुरुङ पोखरेली कलाकारमा विवेक श्रेष्ठ-कान्दारा) र दिपु गुरुङ-ब्रोसिस)लगायत निर्मला गुरुङ, वीर वहादुर आदि थिए ।
लगभग ६०० जनाहरुको सहभागिता रहेको उक्त भेला एक प्रकारले मेला जस्तो लागेको थियो । मानिसहरु कार्यक्रममा भइरहेको प्रस्तुतीसँग रमाइरहेका लाग्दथे, तर आइतबार भएकोले र सोमबार विहानै काममा जानुपर्ने भएकोले दर्शकहरु अन्त्यतिर बिस्तारै पातलिँदै गएको थियो । यूकेमा उपयुक्त समय र स्थानलाई जुगाड समयमै गर्न गाह्रो भएकोले रिडिङको केही पर गरिएको सो कार्यक्रमलाई त्यत्तिको पायक नपरेको भन्ने केही दर्शकहरु देखिएका पनि थिए ।
-याम, तस्वीरसहित, मेस
Click here to view the album
प्रतिक्रिया