हंगकंग । गत ११ सेप्टेम्बरका दिन खोटांग समाज हंगकंगको चौथौ पैदलयात्रा चुनवानबाट शुरु गरेर करीव ५ घण्टाको उकालीबाटोपछि हंगकंगकै सबैभन्दा अग्लो डाँडा ताइमोशान (एलम्बर पार्क)मा गएर सम्पन्न भएको थियो। सानो-सानो नानीहरुको पनि उल्लेखनीय उपस्थित रहेको थियो। कार्यक्रममा खोटांगेको अलवा गैर खोटांगेहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। “गाउँले मन शहरिया तन” लाई उकालोको रमणीयले जति आनन्द दियो तेत्तिनै पीडाको अनुभव भएको पनि प्रस्ट देख्न सकिन्थ्यो। असिनपरिन मात्र हैन, कोही-कोही भुईंमै थचक्क बस्दै सुस्केरा हालिरहेको पनि देखिन्यो । हंगकंगमै हुर्केबढेको आफ्नो नानीहरुलाई अभिभावकहरुले -हामी योभन्दा उकालीमा ढाकर नाम्लो बोकेर काम गरेर आको । स्कुल जाँदा २
घण्टासम्म हिँडेर मात्र पुगिन्थ्यो…. भन्दै आफ्नो ईतिहास कोटयाउँदै हिँडेको पनि देखिन्थ्यो। टेनिस सोसाइटिका अध्यक्ष तथा हंगकंगका फोटो पत्रकार मगेन्द्र राई र अर्का फोटो पत्रकार लोक नारायण जोशी -आयोजकको यो सराहनीय कामको लागि धन्यवाद दिनै पर्ने रहेछ। यस्तो सुन्दर ठाउँहरु पनि रहेछ हंगकंगमा… भन्दै उकालीमा जति नै थाके पनि क्यामेरा चलाउन भने छाडेका थिएनन्। कार्यक्रमको अन्तमा उपस्थित सबैलाई सस्थाका अध्यक्ष सुबास राईले धन्यवाद दिएका थिए। यस कार्यक्रमका बाटो देखाउने अगुवाको भूमिकामा प्रेम राई (अरुण) रहेका थिए। -अधिराज, मेस, हंगकंग
प्रतिक्रिया