तेलको आगलागीमा सयजनाको मृत्यु

तेलको आगलागीमा सयजनाको मृत्यु


लण्डन । हिजो नेरोबी, केन्याको राजधानीमा पेट्रोलको पाइप जलेर विष्फोटन हुँदा कम्तीमा सयजना मानिसहरु जलेर मरेका छन् । झोपड पट्टीहरुका जिल्ला भनिने लुंगा-लुंगामा बस्दै आएका मानिसहरु र त्यहाँका घरहरुमा एकहजार फिटभन्दा ठूलो आगोको ज्वाला भड्किँदा मानिसहरु र घरहरु जलाएर राख भएका छन् ।
आगोको विष्फेटनबाट सयजनाजति जीवित रहेका मानिसहरुका एकतिहाइ शरीर आगोले जलेका समाचार प्राप्त भएको छ । मानिसहरुले पाइपबाट तेल चुहिएको देखेर भाँडाहरु लिएर तेल थाप्न हुलका हुल ओइरिएका थिए त्यसैबेलाको यो भीषण आगोमा परेर धेरैको ज्यान गएको थियो । आगोले खरानी भएको अवशेषभित्र एकजना बुवाले आफ्नो बच्चाहरुलाई खोज्न घण्टौं लागेको थियो । ३४ वरषीय जोसेफ म्वाङगी बिहान ९ बजेतिर गाईलाई चारा खुवाउँदै गरेको बेलामा एक हूल मानिसहरु पाइपबाट चुँहुदै गरेको तेल थाप्न त्यसतर्फ दगुरिरहेका उनले देखेका थिए । उनले पनि एउटा बाल्टी पक्रेर त्यसतर्फ जान लागेको बेलामा भयानक आवाजको साथमा विष्फोटन सुनेका थिए । उनले …. त्यहाँ ठूलो विष्फोटन भएपछि धूँवाको मुस्लोसहित ठूलो उचाइ लिएर आगोको ज्वाला निस्केको थियो ….भनेका छन् । त्यसपछि पाइप फुटेपछि तेल चुहिएर नदीतर्फ बग्दा नदीको केही हिस्सामा आगो लाग्न थालेको थियो । उनले जताततै लाशै लाश देखेका थिए । नदीमाथि कैयौ लाशहरु तैरिरहेका थिए, तर, उनले ती सबै लाशहरु गन्न भ्याएनन् । मानिसहरुका शरीरमा आगो लागेपछि धेरै मानिसहरु आगोसहित दगुर्दै नदीको मैलो पानीमा हामफालेका उनले देखेका थिए । उनका बच्चाहरु जलेर मरेका देख्दा उनी आघात भएका थिए । पेट्रोलमा आगलगी सल्केको चुरोटको ठुट्टाबाट लागेको आशंका गरेका छन् । तेल डिपोमा अवस्थित केन्या पाइपलाइन कम्पनीको एउटा ट्यांकीबाट पेट्रोल चुहिएको थाहा लागेको छ । एक सयदशजना जलेका मानिसहरुलाई केन्याट्टा राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केन्याली प्रधानमन्त्री, राइला ओडिंगाले …यो एकदमै भयानक र आघातपूर्ण घटना हो र मेरो विचारमा यस राष्ट्रमा तेलको आगोलागीमा यो सबैभन्दा ठूलो दुर्घटना हों.. भनेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।