शताब्दीकै सबैभन्दा ठूलो हडताल हुँदै

शताब्दीकै सबैभन्दा ठूलो हडताल हुँदै


लण्डन । हिजो कर्मचारी युनियनले पेन्शनको मुद्धालाई लिएर शताब्दीको सबैभन्दा ठूलो हडतालमा उत्रने योजनाको घोषणा गरेको छ र सरकारसंग “दीर्घकालीन र कडा अनि नराम्रो” युद्ध लडने कटिबद्धता जाहेर गरेको छ । लाखौ कामदारहर, शिक्षकहरु, चिकित्सा क्षेत्रका कर्मचारीहरु, वरुण नियन्त्रण विभागका कर्मचारीहरु र सरकारी कर्मचारीहरुले पेन्शनको विषय लिएर यो देशव्यापी हडतालमा सामेल हुने संकेत दिएका छन् । च्यान्सलर (अर्थमन्त्री) जर्ज ओसबोर्नले लोकसभामा मुख्य आर्थिक प्रतिवेदन प्रस्तुति गरेका लगत्तै २४ घण्टापछि ३० नोभेम्बर २०११को दिनमा राष्ट्रव्यापी “डे अफ एक्शन” अर्थात् दिनको कारवाहीरुपी हडतालमा कर्मचारीहरु उत्रने छन् ।
यो हडताल लेबर सरकारको पालामा सन् १९७८-७९मा घटेको जसलाई बेलायती सञ्चार माध्यमहरुले “विन्टर डिस्कोन्टेन्मेन्ट” अर्थात् उदासीन शीतकालको रुपमा वृहत सम्प्रेषण गरेका थिए, त्यस्तै हडताल पुनरावृति हुने होकि भन्ने खतराको आशंका गर्न थालिएको छ । त्यतिबेलाको त्यो हडताल स्थानीय प्राधिकारण मातहातको ट्रेड युनियनका कर्मचारीहरु र सरकारी कर्मचारीहरुका तलबबृद्धि देशमा भएको आर्थिक संकटलाई नियन्त्रण गर्ने विचारले केवल ५ प्रतिशतसम्मा बढाउने कुराको मुद्धालाई लिएर देशव्यापी हडतालमा उत्रेका थिए । त्यतिबेलाको हडतालको प्रभाव जाडोयामभरि रहेको थियो । हडतालको कारण सडकभरि मैलाको डुंगुरहरु, कैयौ लाशहरु समेत गाड्न नपाएका र सर्वसाधारणले प्राप्त गर्ने कल्याणकारी राहत बन्द भएको थियो । जीएमबीका राष्ट्रिय अधिकृत ब्रायन स्ट्रटट्टोसले … हामी केवल एकदिनको हाडतालको बारेमा अघि बढेका छैनौ, हामी “दीर्घकालीन र कडा अनि नराम्रो” असरको प्रभाव जाडोयामभरि पार्ने गरी अर्को वर्षका वर्षायामको लोकसभा कार्यक्रमसम्म यस हडताललाई क्रमिकता दिनेछौं… भनेका छन् ।
२० लाखभन्दा बढी सरकारी क्षेत्रका कर्मचारी लगायत युनाईट, युनिसन र राष्ट्रिय शिक्षक संघका शिक्षकहरुले यस हडतालमा हिस्सा लिनेछन् । ट्रेड्स युनियन कांग्रेसका महासचिव ब्रेन्डन बराबरका अनुसार सरकारी कर्मचारीहरुले अन्दोलनलाई साथ दिनेछन् भन्ने आफ्नो आत्मविश्वास रहेको कुरा व्यक्त गरेका छन् । १९२६ सालदेखिको अहिलेसम्म भएका हडतालहरुमा सबै क्षेत्रलाई समेटिएका शताब्दीकै ठूलो हडताल भनेर यस हडताललाई सञ्चार माध्यमहरुमा सम्प्रेषण गरेका छन् । श्रोत – नेट, सुमल, मेस ।