नयाँ आप्रवासीहरुलाई ६००० डलरको सहयोग

नयाँ आप्रवासीहरुलाई ६००० डलरको सहयोग


हङकङ । कम्युनिटि केयर फण्डबाट, नयाँ समाजसँग सजिलोसँग घुलमुल हुनको लागि सरकारबाट अठारह वर्ष वा सोभन्दा माथिका नयाँ आप्रवासीहरुमा पनि कम आयश्रोत हुने आप्रवासीहरुलाई आर्थिक सहयोग दिने भएको जानकारी उपलब्ध गराएको छ । उक्त केयर फण्ड कार्यक्रमको आवेदन फारम अर्को महिनाको ११ तारिखबाट अर्को वर्षको जुन ३० तारिखसम्ममा भरी बुझाइसक्नु पर्ने पनि उही जानकारी उल्लेख गरिएको छ ।
बताइएअनुसार, लगभग २३०,००० आप्रवासीहरुलाई अतिरिक्त सहयोग प्रदान हुने भएको यस कार्यक्रमका लागि ध्यानमा राखिएको आप्रवासीहरु आगामी वर्षको मार्च ३१ तारिखसम्म हङकङमा स्थायी रुपले बसोबास गर्नका लागि भित्रिएको सात वर्ष या सोभन्दा कम समय भएको हुनुपर्ने बताइएको छ भने एक निश्चित माषिक आयभन्दा पारिवारिक आयश्रोत पनि हुनुपर्ने भएको छ ।
आवेदनहरु यही सेप्टेम्बरको ३० तारिखबाट लेबर डिपार्टमेन्ट, कम्युनिटि केयर फण्डको वेबसाइट, होम अफेयर्स डिपार्टमेन्ट, डिस्ट्रिक्ट सोसिएल वेलफेयर डिपार्टमेन्टलगायत जब सेन्टरहरबाट प्राप्त गर्न सकिने छ भने, उपयुक्त त्यस्ता आवेदकहरुले उक्त रकम आफनो बैंक खातामा सीधै प्राप्त गर्न सक्नेछन्, बैंक ड्राफ्टको रुपमा पत्रबाट घरमे पनि प्राप्त गर्न सक्नेछन् ।
वाँकी अन्य जानकारीको लागि कम्युनिटि केयर फण्डले आफ्नो वेब साइट मा जान आग्रह गरेको छ ।-देब, हङकङ, मेस