ज्ञवाली २ सय २१ मतले अगाडि

ज्ञवाली २ सय २१ मतले अगाडि


भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनःमतदानको मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका नगर प्रमुख उम्मेदवार देवी ज्ञवालीलाई ४१ हजार ९ सय ४६ मत हासिल भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई ४१ हजार ७ सय २५ मत प्राप्त भएको छ । यस आधारमा दुईबीचको मतान्तर २ सय २१ रहेको छ । अब वडा नम्बर २० को मतगणना हुन बाँकी छ । लगभग तीन हजार मतदाता रहेको वडा नम्बर २० को मत गणना भएपछि मात्र विजयीको अन्तिम परिणाम घोषणा हुनेछ । अन्तिम परिणाम प्राप्त हुन शनिबार राती लगभग १२ बजेसम्म कुनुृपर्ने बताइएको छ ।

महानगरपालिका प्रमुखमा

देवी ज्ञवाली : ४१९४६
रेनु दाहाल : ४१७२५
मतान्तर : २२१

वडाअध्यक्ष

काङ्ग्रेस : १४७८
एमाले : १०९७

काङ्ग्रेसको प्यानल नै विजयी