अराजक मात्र होइनन्, अपराधी पनि

अराजक मात्र होइनन्, अपराधी पनि


लण्डन / गत महिना बेलायतका केही शहरहरुमा घटेका लूटपाट र आगजनीमा संलग्न व्यक्तिहरु चारजना मध्येमा तीनजना कम्तिमा एकपल्ट पहिले नै कुनै न कुनै अपराधमा मुद्धा चलाइएका अथवा सचेत गराउँदै चेतावनि दिएर छाडेकाहरु भएका कुरा प्रकाशमा आएको छ । न्याय मन्त्रालयको तथ्यांकले बेलायती शहरहरुमा मच्चिएका लूटपाटमा संलग्न व्यक्तिहरु चारजनामध्ये एकजनाचाँहि पहिले नै दशवटा अपराधहरुमा संलग्न रहेका कुरा देखाएको छ । त्यसैगरी २०जना मध्येका एकजना अपराधी पहिले नै ५० वटाभन्दा बढी अपराधिक क्रियाकलापहरुमा संलग्न रहेका थाहा हुन आएको छ । दुई तिहाइ मानिसहरु पूर्व अपराधिक क्रियाकलापहरुमा संलग्नता रहेका तथ्य फेला पारेता पनि उनीहरुलाई कहिल्यै जेल चलान नगरेका कुरा प्रकाशमा आएको छ । अचम्मको कुरा के फेला पारेको छ भने औसत हिसाबमा सरदर १५वटासम्म अपराध गरिसकेका रेकर्ड भएका व्यक्तिहरु यस पटकको लूटपाट मच्चाउने दंगाकारीहरु थिए । न्याय सचिव, केनेथ क्लार्कले …यस तथ्यांकबाट पहिलेका अपराधीहरु नै लूटपाट गर्न दंगाकारीहरु रहेका कुरा स्पष्ट भएको छ … भनेर उद्धृत गरेका छन् । समग्रमा १६५९८वटा कानूनी हिसाबमा अपराध गरिसकेकाहरु यस घटनामा सक्रिय थिए । चारजनामध्ये एकजनाले चोरी वा चोरी गरेका समान प्रयोग गरेका, दशजना मध्येमा एकजना लागुपदार्थको प्रयोग र ओसारपसारमा संलग्न र २०जना मध्येमा एकजना हिंसात्मक अपराधमा संलग्न रहेर गिरफ्तार गरेकाहरु छन् । न्याय सचिव केनेथ क्लार्कले पटकपटक अपराधिक गतिविधिमा लागेर गिरफ्तार गरेकाहरु छुट्दै फेरि अपराध गर्नेतर्फ उत्प्रेरित भएको देख्दा उनी विस्मित भएका छन् । उनले … अपराधिक गतिविधिको पुनरावृत्ति रोक्न र निरुत्साहित गर्नका लागि सजाय दिने प्रक्रियामा अमूल परिवर्तन ल्याउनलाई नयाँ खाले नियम पक्का अब बनाउनुपर्छ भन्ने विश्वास भएको छ मलाई … भनेका छन् । लगभग १७१५जना लूटपाटका अपराधमा समातेका अपराधीहरुलाई सोमवार दिउँसो १२ बजे मध्यन्हसम्म अदालतहरुमा पेश गरिसकेका छन् । तीमध्ये २, ३ जना जमानीमा निस्केका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।