भूकम्पबाट अनेकौ मानिसहरुका मृत्यु तथा घाइते

भूकम्पबाट अनेकौ मानिसहरुका मृत्यु तथा घाइते


लण्डन । नब्बे सालको महाभूकम्पपछि ७८ वर्षपछि हिमालाय क्षेत्रको सेरोफेरो ६ दशमलब ९ रेक्टर स्केलको ठूलो भूकम्पले एकपटक फेरि प्रलयको अनुभूति त्यस क्षेत्रमा बसोबास गरेका बासिन्दाहरुलाई दिलाएको छ । भूकम्पविदहरुका अनुसार यो भूकम्पको केन्द्रबिन्दु नेपालको पूर्वी जिल्ला तेह्राथुमको पूर्वमा पर्ने भारतको सिक्किम प्रान्तको पश्चिमी भागमा रहेको छ । भूकम्पको प्रभाव हिमालय क्षेत्रको उत्तरतिर तिब्बत, चीनको सीमावर्ती क्षेत्र, नेपालको पूर्वी जिल्लाहरु, भारतको सिक्किम, पश्चिम बंगाल, बिहार र बंगलादेशका केही भागहरु प्रत्यक्ष परेको थियोभने भारतको दिल्ली र नेपालका सुदूर पश्चिमी क्षेत्रसम्म भूकम्पको कम्पन महशुस भएको थियो ।
अहिलेसम्मको प्रत्यक्ष विवरणअनुसार यस भूकम्पबाट ५३जना व्यक्तिहरुको मृत्यु भएको छ र हजारौं सख्त घाइते भएका छन् । धनजनको क्षति हुनुको साथै यस भुकम्पले एउटा त्रास उत्पन्न गरेको छ । यस भूकम्पबाट पहाडी क्षेत्रमा धेरै घरहरु भत्केका छन् र पहिरोले गर्दा बाटोहरु अबरुद्ध भएको समाचार प्राप्त भएको छ । भूकम्पबाट प्रभावित राष्ट्रहरुका सम्बन्धित निकायका अधिकारीहरुले धनजन क्षतिबारे अझ पनि सही तथ्यांक खोजिरहेका छन् । भारतमा ३५जना (सिक्किममा सबैभन्दा बढी) मृत्यु भएको हालसम्मको समाचार छ भने नेपालमा ११ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । बाँकी मर्नेहरुमा तिब्बत (चीनमा) मृत्यु भएका समाचार छ । काठमाडौस्थित बेलायती राजदूतावासको पर्खाल भत्किँदा ३जना, गोर्खा, हुम्लेचोक-६का ३६वर्षीय साजन श्रेष्ठ र उनकी ८ वर्षीय छोरी, सिन्धुले मरिनका बीरबहादुर माझी, धरान-१३का दुईजना २२ वर्षीय सन्तोष परियार र ५ वर्षीय बालक बिमल परियार, धनकुटा, फलाटे-५की मधु कार्की, खाँदबारी संखुवासभाका ५वर्षीय बालक प्रदिप र्राई, भक्तपुर गट्ठाघरकी ६५ वर्षीया बृद्धा महिला लिला पौडेल, हरिहरपुर-१ की एकजना महिला र भर्खरै २ जना मरेका खबर गरेर ११जना मरेका छन् भन्ने हालसम्म भूकम्पको कारणबाट मृत्यु भएका समाचार प्राप्त भएको छ । नेपालका ८ वटा पूर्वी जिल्लाहरुमा भुकम्पबाट ठूलो क्षति भएको समाचार छ । यी जिल्लाहरु मध्येमा पाँचथर, शंखुवासभा, तेह्राथुम, सुनसरी र धनकुटामा भूकम्पले बढी क्षति पुर्‍याएको समाचार थाह हुन आएको छ । पूर्वी नेपालका आठवटा जिल्लाहरुकालागि कम्तीमा ४०वटा प्रहरी स्टेशनबाट प्रहरी विभागका कर्मचारीहरु उद्वारका लागि खटिएका छन् ।
काठमाडौमा भूकम्पका कारण त्यतिबेला केहीबेर यातायात ठप्प भएको थियो । संसदहरु संसद भवनभित्र आर्थिक बजेटबारे बहस भइरहेको बेला भूकम्प आउँदा केहीबेरका लागि भागाभाग भएर कारपार्कतिर भागेका थिए भन्ने समाचार उल्लेख गरेका छन, तर, फेरि १५ मिनटपछि संसद चालु भएको समाचार प्रकाशमा आएको छ । त्यस्तै भारतमा सिक्किमको राजधानी गान्तोकमा २वटा भवनहरु भत्किएका छन् र दूरदराज गाउँहरुमा भएका क्षतिका तथ्यांकहरु सम्बन्धित निकायले बटुल्दै छन् । पश्चिम बंगालको दार्जीलिङ र कालिम्पोङमा टेलिफोन लाइन र विद्यूत आपूर्ति भूकम्पको कारण बन्द भएको थियो । पहिरोका कारण गान्तोकलाई जोड्ने २वटा राजमार्गहरु अबरुद्ध भएका छन् । भारतीय क्षेत्रमा केही सैनिक दस्ताहरु राहत कार्यका लागि खटाइएका छन् । भारतका प्रधानमन्त्री मनमोहनसिंहले नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीसँग तत्काल राहतका लागि आपतकालीन बैठक बोलाएका छन् । पहिलो भूकम्प गएपश्चात अफ्टर शक (दुवारा फर्केर ओउने भूकम्प) २ चोटि ६ दशमलव १ र ५ दशमलव ३ स्केलका भूकम्पहरु गएको कुरा भारतीय भूकम्पविद आरएस दत्तत्रेयाले बताएका छन् र उनका अनुसार यसभन्दा ठूलो भूकम्प दोहोरिन सक्ने चेतावनी दिएका छन् । श्रोत – नेट, सुमल, मेस ।