लण्डन । एकजना जोशिलो तथा उमंगले भरिपूर्ण नब्बे वर्षीय व्यक्तिले आफ्नो वैवाहिक जीवनभरि ५०जना सन्तानहरु जन्माएर जीवन हराभरा गरी मौलाएका समाचार प्राप्त भएको छ । उनले ती ५०जना बच्चाहरु चारजना श्रीमतीहरुबाट जन्माएका हुन् । ती पत्नीहरु मध्येमा दुईजना सहोदर बहिनीहरु हुन् र अन्तिम पत्नी बहिनीहरुकी नै आमासहित अहिले तीनैजना पत्नीहरुसँग-सँगै बस्दै आएका छन् । लुइज कोस्टा डो ओलिभिराका ५०जना बच्चाहरुबाट सयजना नाति-नातिनीहरु र तीसजना पनातिपनातिनीहरु जन्मिसकेका छन् । उनले …मेरा अझ बढी नै सन्तानहरु जन्मन्थे होलान, तर, मलाई थाह भएन यसबारे, म सदा यौन-खेल खेल्न मन पराउँथे र मैले आफैले जन्माएका सबै बच्चाहरुका नाम पनि भन्न सक्तिनँ… भनेका छन् । उनका पहिलो पत्नी फ्रान्सिस्काबाट १७ जना बच्चाहरु जन्मेपछि पहिलो पत्नीको मृत्यु भएको थियो । त्यसपछि अर्को पत्नी मारियालाई भेटे, उनले र उनीबाट पहिलो पत्नी बराबर सन्तानहरु जन्मे । सन्तानहरु जन्मिने क्रममा मारियाले आफ्नै बहिनी ओजलिटालाई बच्चाहरुका देखभालकालागि घरमा बोलाएकी थिईन् । लुइजले ओजलिटालाई पनि आफ्नो प्रेम पाशोमा फसाएर उनीबाट पनि १५जना बच्चाहरु जन्माए । यही क्रममा यतिलेमात्र भएन, लुइजले दुईजना आफ्नै पत्नीहरुकी आमा फ्रान्सिस्का मारिया डा सिल्भातर्फ अग्रसर भएर उनलाई पनि भुँडी बोकाएर तिनले एउटा सन्तान दिईन् । यति ठूलो नसुल्झने खालको पारिवारिक माहौलमा रहेकी दोस्रो पत्नी फ्रान्सिस्का मारियाका अनुसार लुइजलाई यौनमा मस्त हुन पाए पुग्छ भन्छिन् । लुइजले … अचेल म त्यति धेरै यौनक्रिडा गर्दिनँ यद्यपि म स्वस्थ छु, … भन्छन् । नब्बे वर्षीय लुइज उत्तरी ब्राजिलको रायो ग्राण्डी डो क्षेत्रका किसान हुन् । उनले आफ्नो कुरा भन्ने क्रममा… सम्झँदै एकजना महिलासँग बिस्तरामा कति आनन्द हुन्छ, भगवानले महिलाको सृष्टि गरेर राम्रो काम गरेका छन्…. भन्छन् । उनका दोश्रो पत्नी मारियाका अनुसार उनले बच्चाहरुलाई अहिलेसम्म गलत व्यवहार गरेका छैनन् र सबै बच्चाहरुका ख्याल राख्छन् भनेकी छिन् । श्रोत-नेट, सुमल, मेस ।
प्रतिक्रिया