प्रेम प्रस्ताव जाहेर गर्न क्रेन भाडा

प्रेम प्रस्ताव जाहेर गर्न क्रेन भाडा


लण्डन । प्रेममा वशिभूत भएका एकजना प्रेमी आफूलाई मनपर्ने केटीलाई प्रस्ताव जाहेर गर्नका लागि एउटा अग्लो क्रेनलाई भाडामा लिएका समाचार प्रकाशमा आएको छ । तर, प्रेमिकाकी ६ तल्ला माथिको बाल्कोनीमा पुग्दा उनलाई झ्यालबाट एक बाल्टिन पानी टाउकोबाट खन्याएर स्वागत गर्दा उनी लुथ्रुक्क भिजेका थिए । झु लेइ नाम गरेका व्यक्तिले क्रेनको सहायतालिएर ६ तल्ला माथि कोठामा बसिरहेकी प्रेमिकालाई आफ्नो मायाको प्रस्ताव राख्ने विचारले क्रेन भाडामा लिएका थिए । तर, उनी ६ तल्लामा पुग्दा प्रेमिकाको सट्टा एकजना अर्कै महिलाले उनमाथि एक बाल्टिन पानी खन्याइदिएकी थिईन् ।
रोमियो बनेर माथि पुग्दा लुथ्रुक्क पानीले भिजेकाले रोमियोको बदलामा उनी मिस्टर बिन बन्न पुगेका थिए । पूर्वी चीनको फुयाङ प्रान्तका झु लेइले आफ्नी केटीसाथी ना नालाई गुलाबका फूलको सुन्दर गुलदस्तासहित सिंगारपटार गरेर क्रेनबाट ६ तल्लामा रहेको कोठाको झ्यालमा पुगेर … ना ना म तिमीलाई माया गर्छु, मलाई विवाह गर…मात्र के भनेका थिए एउटी महिलाले बाल्टीनभरि पानी ल्याएर खन्याई दिएकी थिईन । विचरा प्रेमी, विवाहका औठीको आशा गरेका प्रेमी, पानीले भिजेका दृश्य तलबाट छायांकन भइरहेको र सर्वसाधारणले हेरिरहेका थिए, उनले क्रेनलाई तल झार्नका लागि आग्रह गरेर तल झरेका थिए । छिमेकीहरुका अनुसार केटीकी आमाले केटालाई मन नपराएर पानी खन्याएकी होलिन् भनेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।