फेसबुकबाट ७ अर्ब पाउण्डको आय

फेसबुकबाट ७ अर्ब पाउण्डको आय


लण्डन । फेसबुक निर्माण गरेर सञ्चालन गर्ने प्रमुख संस्थापक मार्क जकरबर्जले गत वर्ष आफ्नो व्यक्तिगत आय ६ दशमलव ८ अरब पाउण्ड रकम बृद्धि गरेका छन् । फोर्बस् पत्रिकाले प्रत्येक वर्ष विश्वभरिका ४०० जना धनाढ्य व्यक्तिहरुका तथ्यांक निकालेर सूची सम्प्रेषण गर्दै आएको छ । हालै प्रकाशन गरेको यस सूचीमा जकरबर्ज अमेरिकाका १४औं धनी व्यक्ति भएको उल्लेख गरेको छ । अहिले उनका व्यक्तिगत सम्पत्ति ११ दशमलव १७ अरब पाउण्ड रहेको तथ्यांकमा दर्शाएको छ ।
२७ वर्षीय जकरबर्ज अमेरिकाका हार्वड युनिभर्सिटीकालागि समाजिक नेटवर्किङ साइट फेसबुक निर्माण गरेर विकास गरेका थिए । उनका अकुल सम्पत्ति अर्को वर्ष ४२ दशमलब ५ अरब पाउण्ड पुग्ने कुरा फोर्बसले जनाएको छ । फेसबुकका अर्को संस्थापक निर्माता, डस्टिन मस्कोविज सबैभन्दा कम उमेरका धनाढ्यको सूचीमा आएका छन् । उनी उमेरले जकरबर्जभन्दा ८ दिन कान्छा हुन । २ दशमलव २ अरब पाउण्डको सम्पत्तिसँगै उनी धनीहरुका सूचीमा ९१औ स्थानमा परेका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स ३७ दशमलब ६ अरब पाउण्डको साथ अमेरिकाका सबैभन्दा धनी व्यक्तिका रुपमा स्थापित छन् । उनले गत व्ार्ष आफ्नो सम्पत्तिमाथि ३ अर्ब थपेका छन् । यस्तै अमेरिकी धनीहरुका दोश्रो वरियताक्रममा वारेन बफेट, सुपरस्टार लगानीकर्ता रहेकाछन् । उनका गत वर्ष ३ दशमलब ५ अरब पाउण्ड घाटा लागेर कुल सम्पत्ति २५ अरब पाउण्डमा झरेको छ । भर्खरै उनले एउटा वक्तव्यमा अमेरिकाका धनाढ्यहरुलाई करमा कटौति पाउँछन्, त्यसकारण अमेरिकाको आर्थिक स्थिति हेरेर घाटाबाट मुक्त गर्नका लागि धनाढ्यहरुले बढी कर तिर्नुपर्ने कुरा भनेका थिए । अमेरिकी धनीहरुका १०वटा शीर्षास्थानमा तीनवटा स्थानहरु वाल्टन परिवारले ओगटेका छन् । वाल्टन परिवारले वालमार्ट र बेलायतका आस्डा सुपरमार्केटहरुका सञ्जाल सञ्चालन गरेको छ । लिभरपुल फुटबल क्लब र बोस्टन रेडफक्स बेसबल टिमका मालिक जोन हेन्रीले ७०० मिलियन पाउण्ड सम्पत्ति कमाएर नयाँ धनाढ्यहरुका लिस्टमा ३७५औ स्थानमा आउन सफल भएका छन् । अमेरिकाको आर्थिक हालत खस्के तापनि अमेरिकी धनी मानिसहरुका सबै सम्पत्ति मिलाउँदा नौसय सत्तरी अरब पाउण्ड रकम बन्दछ । यो रकमचाँहि क्यानाडा र क्यालिफोर्नियाका ग्राहस्थ उत्पादन बराबर हुन आउँछ । यद्यपि संसारका ४००जना धनाढ्य मध्येमा ८८ जना धनी व्यक्तिहरु अमेरिकामा छन् । श्रोत – मेट्रो, सुमल, मेस ।