चारबुँदे सहमति राष्ट्रघाती ?

चारबुँदे सहमति राष्ट्रघाती ?


काठमाडौं । सञ्चारमन्त्री जे.पी. गुप्ताले चारबुँदे सहमति राष्ट्रघाती भएको प्रमाणित गरेर देखाउन आलोचकहरुलाई चुनौति दिएकाछन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा गुप्ताले चारबुँदे सहमतिले कसरी राष्ट्रघात र सिक्किमीकरण भयो भन्ने कुराको तथ्यपरक शैलीले सार्वजनिक रुपमा प्रमाणित गर्न चुनौति दिएका हुन् ।

मुलुकको आधा जनसंख्या रहेको मधेसलाई अपहेलित गरेर राष्ट्रियता बलियो नहुने भन्दै उनले सरकार निर्माणअघि कांग्रेस र एमालेले पनि चारबुँदे प्रस्तावमा समर्थन गरेको दावी गरेकाछन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका सञ्चारमन्त्री गुप्ताले अगाडि भनेका छन्-‘काग्रेस र एमालेले पनि चार बुँदे स्वीकार गरेका थिए । तर, हामीले शान्ति प्रक्रिया उनीहरुबाट पूरा नहुने भएकोले माओवादीलाई समर्थन गरेका हौं ।’

उनले माओवादीले पार्टीभित्रको विवाद ब्यवस्थित गर्न नसक्दा बैद्य पक्षले चार बुँदेमाथि गम्भीर खालको आरोप लगाएको दावी गरेकाछन् -‘अहिले विरोध गर्ने माओवादीको समूहको पनि समर्थन थियो । माओवादीले पार्टीको विवाद ब्यवस्थित गर्न नसक्दा यस्तो भएको हो ।’ पहिले समर्थन गर्ने अनि अहिले आएर गम्भीर आरोप लगाउनु मधेसको तर्फबाट अक्षम्य भएको भन्दै उनले माओवादी, काग्रेस र एमालेले मधेसमा दुस्रिणाम भोग्नु पर्ने चेतावनी साथसाथमा दिएकाछन् ।-देब, मेस, काठमाण्डौं