लण्डन । एकजना अन्धो व्यक्तिले अर्को साल सगरमाथा (एभरेष्ट) चढ्ने अठोट गरेका छन् । सगरमाथामाथि विजय गर्नासाथ उनको विश्वका प्रत्येक महादेशहरुमा रहेका प्रत्येक सर्वोच्च शिखरहरु चढ्ने क्रम पूरा हुन्छ । ४५ वर्षीय एण्डी होल्जर जन्मँदा नै अन्धो थिए । तर, उनलाई केवल नाङ्गो हातको सहारामा कुनै सुरक्षाका समानहरु प्रयोगबगैर पर्वतारोहण गर्ने पेशेवार पर्वत आरोहीका रुपमा इज्जत गरिन्छ । एण्डी अस्ट्रिया र इटालीको सिमानामा पर्ने माउन्ट डोलोमाइटको सेरोफेरो हुर्केका हुन् । उनका बुवाआमाले एउटा डोरीको माध्यमबाट सफाइका लागि उनलाई डोर्याउन सिकाउँदा उनी जतिबेला नौ वर्षका थिए त्यतिबेला उनी एउटा चट्टानमाथि चढ्न सफल भएका थिए । त्यसपछि बुवाआमाको प्रेरणामा उनले विश्वका गाह्रोभन्दा गाह्रो अग्ला चुचुराहरु चढ्न सफल भएका थिए ।
एण्डी होल्जरले … म एकदमै ढुंगे पहाडहरु भएका ठाउँमा हुर्केको हुनाले म हिँड्दा धेरै बाधाहरु ब्ोलाबखत सामना गर्नुपर्थ्यो त्यसकारण अन्धो बच्चा भएको कारणले गर्दा मैले आफ्नै हातका औलाहरुलाई आँखाको रुपमा प्रयोग गर्न थाले, अहिले मसंग दशवटा आँखाहरु छन्, मेरा हातका प्रत्येक आँलाले आँखाको काम गर्छन् यिनै हातका औंलाहरुले पहाडहरुलाई बुझ्ने गर्दछु र अहिले म साधारण पर्वतारोहीहरुसरह चट्टानलाई महशुस गर्नसक्छु र उनीहरुका आँखाबाट चट्टानहरुलाई देख्नसक्छु । शुरुमा मसँग कोही पहाड चढ्न मान्ने थिएनन्, धरैलाई सोद्धै गएँ र कतिले अन्धोसँग पहाड चढ्नु भनेको मृत्यु निम्त्याउनु हो भने…भनेर आफ्नो भनाइ व्यक्त गरेका छन् । सन् २००५ बाट उनले प्रत्येक महादेशका सर्वोच्च शिखरहरु चढ्न थालेका थिए र अहिलेसम्म उनी सफल भएका छन् । उनले थप्दै … अब मेरो लक्ष्य भनेको माउन्ट एभरेष्ट चढ्नु रहेको छ … भनेका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया