फार्नबरो । घले समाज लिलफाङ्ग यूकेको अध्यक्ष पदमा रिटायर्ड मेजर डम्मर घले सर्वसम्मत भएका छन्। एन आर एन यूकेको अध्यक्ष रहिसकेका समाजसेवी डम्मर २ बर्षे कार्यकालको लागि घले समाजको अध्यक्ष पदमा सर्वसम्मत भएका हुन्। यसअघि उनी तदर्थ समितिको अध्यक्ष थिए। फार्नबरोस्थित सेन्ट जोन्स एम्बुलेन्सममा आइतबार सम्पन्न वार्षिक साधारण सभामा उपाध्यक्षद्धयमा सन्तोष घले र टीका घले महासचिवमा क्याप्टेन बलराम घले सहसचिवमा बुद्ध घले कोषाध्यक्षमा याम घले र सह कोषाध्यक्षमा देव घले सर्वसम्मत भएका हुन। त्यस्तै सदस्यहरुमा वसन घले, नर घले, धन घले, तिर्थ घले, मुक्ति सिंह घले, मिन घले, शुर घले, याम घले र कृष्ण घले रहेका छन्।
तदर्थ समितिका अध्यक्ष डम्मर घलेको अध्यक्षतामा बसेको साधारण सभाले महिला प्रमुखमा श्रीमती रेखा घले तथा सह प्रमुखद्धयमा संगिता घले र मनकुमारी घलेलाई सर्वसम्मत चयन गरेको छ। घले समाजको सल्लाहकार समितिमा समाजसेवी ग्यारी घले, धन घले, दिल घले, डम्बर घले, क्याप्टेन देव घले र राजु घले रहेका छन्। धन घले यसअघि तदर्थ समितिमा महासचिव थिए।
सो अवसरमा बोल्दै अध्यक्ष डम्मर घलेले बेलायतभर छरिएर रहेका घले बन्धुहरुलाई एकत्रित गरेर लैजाने बताए। उनले नेपालमा रहेको घले समाजलाई प्रवासबाट सक्दो सहयोग गर्ने र बेलायतमा रहेका घलेहरुको सुख दुखमा साथ दिन संस्थाको जन्म भएको जानकारी दिए।
घले समाज नेपालका उपाध्यक्ष धन प्रसाद घलेले नेपालमा घले जातिहरु बेग्लै जात रहेकोले सूचिकृत हुन पाउनुपर्ने जिकीर गरे। उनले घले जातिको आफ्नो भाषा संस्कृति संस्कार तथा इतिहास भएको बताउँदै घले मात्र घले भएको हुँदा छुट्टै जातको रुपमा सूचिकृत हुनुपर्नेमा जोड दिए।
तदर्थ समितिका महासचिव धन घलेले घले समाजको स्थापना गर्नुका कारणहरु प्रष्ट पारे। उनले नेपालमा रहेको घले समाजलाई हर तरिकाबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए। संस्थाका बृद्ध नागरिकद्द्वय बाजी घले र देउकुमारी घलेले उद्घाटन गरेको कार्यक्रममा कोषाध्यक्ष याम घलेले आर्थिक प्रतिवेदन पेश गरे। त्यस्तै उपाध्यक्ष टीका घलेले स्वागत मन्तव्य दिएका थिए। करीब दुईसय बढी घलेहरु सहभागी कार्यक्रमको अन्त्यमा स्वादिष्ट नेपाली खानाको आनन्द लिँदै सहभागिहरुले नाचगान गरेका थिए।-धर्मराज अधिकारी, , मेस
प्रतिक्रिया