अनुगमन तीव्र गरिँदा उपभोक्ताहरु खुशी

अनुगमन तीव्र गरिँदा उपभोक्ताहरु खुशी


काठमाडौं । वाणिज्य विभाग उपभोक्ता हित संरक्षण माच प्रहरी काठमाडौं महानगरपालिकालगायत विभिन्न संघसंस्थाको नेतृत्वमा भएको अनुगमनकॊ क्रममा मिठाई गुँदपाक भण्डार दूध पानी औषधि ग्यास तथा पेट्रोलियम पदार्थ खाद्यवस्तुमा व्यापक मिसावट देखिएको छ। वर्षायाम लागेपछि बिग्रिएको खाना र चाडबाड आउनैलाग्दा अधिकांश सामग्री लुकाउने र मिसावट गर्ने कालाबजारीलाई नियन्त्रण गर्न लागिपरेको सरकारले अनुगमनलाई तीव्रता दिएको छ। साउन महिनादेखि अनुगमन थालेको सरकारले कात्तिकसम्म निरन्तरता दिने जनाएको छ। जिल्लाप्रशासन कार्यालयको सकि्रयतामा भएको अनुगमनमा एक महिना अघि अनमोल मिष्ठान्न भण्डारमाथि शुक्रबार मुद्दा दायर गरेको छ। यसै गरी कर्नर र श्रीकृण गुँदपाक पुष्प डेरी नक्कली बीएमसी मसला र अन्नपूर्ण मिष्ठान्न भण्डारले स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालको मिठाई उत्पादन गरेको जनाउँदै ती सबै उद्योगमाथि मुद्दा दायर गरेको छ। त्यसै गरी आगन स्विट्स नयाँपाटी रामेश्वर न्युरोड वागमती स्विट्स त्रिपुरेश्वर गुप्ता स्विट्स चाबहिल अन्नपूर्ण मिठाई भण्डार गौशाला र वेन्जन मिठाई भण्डारमा अनुगमन गरेको थियो।हाम्रो फार्मेसी महाराजगन्ज हिमाल मेडिकल हल ज्ञानेश्वर केसी र गणेश मेडिकल वीर अस्पतालमा समेत अनुगमन गर्दा म्याद नाघेका औषधि फेला परेका थिए। त्यस्तै नेपाल ग्यास उद्योग एचपी ग्यासका डिस्टिब्युटस्र मेघा ट्रेडिङ कन्सर्न नारायणी मनोज र श्रीकृष्ण ग्यासको डिलरमा समेत अनुगमन गरी कारबाही गरिएको थियो।
खाद्य विभागको अभियोगपत्र रेडिमेड हुने गरेको ती पत्रमा के-कस्तो मापडण्ड छ के उत्पादन गर्यो कस्तो प्रकृतिको अपराध हो परीक्षण गर्दा कति अपुग भयो भन्ने उल्लेख नहुने गरेको पटकेको सजायको मागदाबी हुने नगरेको जस्तो कमजोरीपनको कारणले गर्दा कारबाही गर्न समस्या परेको छ। कालो बजार ऐनमा जरिवाना गर्दा अस्वाभाविक जरिवाना नगर्ने भन्ने स्पष्ट लेखिए पनि बढीभन्दा बढी जरिवाना गर्ने गरेको जिप्रकाले जनाएको छ। सरकारले पछिल्लो समयमा जिल्ला अनुगमन समितिअन्तर्गत पाँचवटा समिति बनाएर आकस्मिक रुपमा अनुगमन थालेको छ। खाद्य विषयमा खाद्य संस्थान पेट्रोलियम पदार्थको विषयमा आयल निगम नापतौलको गुणस्तर तथा नापतौल विभाग मासु माछा र तरकारीको विषयमा काठमाडौं महानगरपालिका र औषधिको बारेमा औषधि विभागले अनुगमन गर्ने गरेका छन्।-देब, मेस, काठमाण्डौं