दक्षिणपूर्व लण्डन बौद्ध आमा समाजको गठन

दक्षिणपूर्व लण्डन बौद्ध आमा समाजको गठन


लण्डन । गत आइतवार, २५ सेप्टेम्बर २०१२ अपरान्ह २ बजेदेखि प्लमस्टिडस्थित नेपाल टिभीको सभाकक्षामा दक्षिणपूर्व क्षेत्रीय तमू धि, प्लमस्टिडद्वारा एउटा बैठक बोलाएको थियो । यस भेलाको मुल उद्धेश्य सामुदायिक भवन निर्माण हेतु चन्दा संकलन गर्ने क्रममा यस क्षेत्रमा बसेका आमा समूहले पुर्‍याएको प्रशंसनीय योगदानको कदर गर्न सम्मान कार्यक्रम राखिएको थियो । सचिव डमर गुरुङले सञ्चालन गरेका औपचारिक कार्यक्रममा समाजका अध्यक्ष क्याप्टैन रिटायर्ड नारान प्रसाद गुरुङले अध्यक्षता ग्रहण गरेका थिए ।
कार्यक्रमको शुरुमा सामुदायिक भवनका लागि घरदैलो चन्दा संकलन गर्ने कार्यमा आमा समूहलाई संयोजन गरी कार्यक्रमलाई सटिक दिशा दिएका, समाजका उपाध्यक्ष हिरा प्रसाद गुरुङबाट अहिलेसम्मको चन्दा संकलनबारे आफ्नो मन्तव्यको क्रममा केही प्रकाश पारेका थिए । त्यसपछि आमा समूहमा सक्रिय भएर कोषाध्यक्षको भूमिका निर्वाह गरेकी निर्मला गुरुङले हालसम्म संकलन भएको रकमको व्यहोरा सो भेलालाई पढेर सुनाएकी थिईन् । त्यसपछि आमा समूहको छुट्टै समिति गठन गरी सामुदायिक भवनकालागि चन्दा संकलन गर्ने प्रक्रियालाई अघि बढाउन छलफल गरेर एउटा तदर्थ समितिको गठन गरिएको थियो । सोही अवसरमा सुमल कुमार गुरुङ, ले.रि. आस बहादुर गुरुङ, सूर्य गुरुङ, सुमन गुरुङ र खडका गुरुङले समितिको नामकारण र औचित्यबारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए । केही समयपछि आमासमुहको नयाँ तदर्थ समिति उपस्थित महिलाहरुका समुहले चयन गरेको थियो । यस तदर्थ समितिको नाम दक्षिणपूर्व लण्डन बौद्ध आमा समाज नामाकरण गर्नेमा सबै सहमति भएका थिए । रामकुमारी गुरुङकी अध्यक्षतामा निम्न व्यक्तित्वहरु कार्यकारी समितिमा चयन भएका छन् । उपाध्यक्ष द्वय क्रमशः चन्द्रकला गुरुङ र निर्मला गुरुङ, सचिव-सारादेवी गुरुङ, सहसचिव-लक्ष्मी गुरुङ, कोषाध्यक्ष – कमला गुरुङ, सहकोषाध्यक्ष – विष्णु गुरुङ, प्रवक्ता – तारा गुरुङ, कार्यकारी सदस्यहरुमा क्रमशः सरस्वती गुरुङ, पूर्णकुमारी गुरुङ, केवल कुमारी गुरुङ, धन कुमारी गुरुङ, धना गुरुङ, याम माया गुरुङ, गुट्टु गुरुङ, ममता गुरुङ, मिना गुरुङ, शान्ति गुरुङ, रन्जु गुरुङ र सल्लाहाकारहरुमा चिज कुमारी गुरुङ, कृष्णा कुमारी गुरुङलाई सर्वसम्मतबाट चुनिएका छन् । सामुदायिक भवनकालागि शुरुमा मद्दत गर्दै आएका आठजना व्यवस्थापन समितिका सदस्यहरु र सुमल कुमार गुरुङलाई समाजको सल्लाहकारका रुपमा चुनेका छन् भने श्रीचन्द्र गुरुङलाई यस समाजद्वारा अघि बढाइएको लक्ष्य अनुरुप, सामुदायिक भवनको निर्माणकालागि संयोजनको अभिभारा दिएका छन् र घरदैलो कार्यक्रममा चन्दा संकलन गर्ने संयोजनको भूमिका निभाएका हिराप्रसाद गुरुङलाई सोही कार्यकालागि चुनेका छन् । त्यसपछि नयाँ तदर्थ समितिका सचिव सारा गुरुङको छोटो मन्तव्यपछि सम्पूर्ण पदाधिकारीहरुलाई अध्यक्ष क्या.रि. नारानप्रसादको हातबाट खादा ओढाएर सम्मान गरेका थिए । अन्तमा बैठकका सभापतिद्वरा भेलालाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए । सो भेलामा टिपनटापन, खानपिन र जलपानको व्यवस्था गरेको थियो । सुमल, मेस ।