बार्सेलोनामा अन्तिम बुलफाइट

बार्सेलोनामा अन्तिम बुलफाइट


लण्डन । अर्को वर्षदेखि प्रतिबन्ध गरिएको बुलफाइट (साँढेसँगको भिडन्त) हिजो स्पेनका क्याटालोनियामा धुमधामका साथ अन्तिम पटक आयोजना गरेको थियो । यस पटकको अन्तिम बुल फाइटमा स्पेनका शीर्ष म्याटाडोर (बुलफाइटका पेशेवार योद्धा) जोस टोमासले खचाखच भरिएका २० हजार दर्शकहरुका सिट भएको मोनुमेन्टल रिङमा आफनो बुलफाइटको कौशल देखाएका थिए ।
स्पेनका क्याटालान पार्लियामेन्टले पशुअधिकारवादीहरुका दबावका कारण गत जुलाई महिनामा अर्को वर्षदेखि यस खेललाई प्रतिबन्धित गरृको छ । तर, आलोचकहरुले खेल प्रतिबन्ध गरेको विषयमा साँढेहरुका कल्याणार्थभन्दा बढी स्पेनका क्याटालानबासीहरुका स्वतन्त्र विचारलाई अघात पुर्‍याएको कुरा भन्दै आएका छन् । स्पेन मेसा डेल टोरो, बुलफाइट संस्थाको छाता संगठनका सभापित, कार्लो नुनेजले … क्याटालोनियामा बुल फाइट बन्द गरिनु भनेको स्वतन्त्रतामाथिको आक्रमण हो …. भनेका छन् । बुलफाइटिङ कार्यक्रमका समर्थकहरुले पार्लियामेन्टद्वारा प्रतिबन्ध गरिएको यस कानूनलाई सुल्टाउने प्रयास गरिरहेका छन् भने उनीहरुले क्याटालानमा प्रतिबन्ध लगाए तापनि स्पेनका अरुभागमा यो प्रतिबन्ध लागू गर्न नदिनकालागि प्रयास गरिरहेका छन् । संवैधानिक अदालतमा यस प्रतिबन्धलाई खारेज गर्नकालागि हालको लोकप्रिय विपक्षी दल कन्जरभेटिभ पोपुलर्स पार्टीले नोभेम्बर महिनामा हुन गइरहेको चुनावमा भारी विजय हासिल गर्ने दावी गर्दै अपिल गरेको छ । श्रोत – नेट, सुमल, मेस ।