लिस्बन । पोर्तुगलको राजधानी शहर लिस्बनमा ‘दशैं बिशेष सांस्कृतिक कार्यक्रम २०११’ भब्य रुपमा सम्पन्न भएको छ । नेपाल पोर्चुगल कला संस्कृति तथा साहित्य संचार परिषद् र पोर्चुगल नेपाल मैत्री संघको संयुक्त आयोजनामा सेप्टेम्बर २५ तारिख आइतबारका अडिटोरियम कामोइसस्थित स्तेफानियाको हलमा सम्पन्न भएको हो ।
दुइ खण्डमा संचालन गरिएको कार्यक्रमको पहिलो खण्ड औपचारिक तबरबाट गरिएको थियो कार्यक्रमको प्रमुख अथिति एनआरएन आईसीसी सदस्य मकर हमाल र नेपाल पोर्तुगल कला संस्कृथि तथा साहित्य संचार परिषदका अध्यक्ष कुमार श्रेष्ठले संयुक्त रुपमा पानसमा दीप बालेर उद्घाटन गरेकाथिए ।
यस्तै कार्यक्रममा बिगत ६ महिना अगाडिदेखि संचालनमा आइरहेको अनलाइन समाचार साइत ‘साहारा संसार डट। कम’को पोर्तुगल संस्करणको समेत प्रमुख अतिथि मकर हमाल र परिषदका अध्यक्ष कुमार श्रेष्ठले दर्शकहरुमाझ ‘साहारा संसार पोर्तुगल संस्करण’को हेडर प्रदर्शन गरेर औपचारिक सुरुवात गरेकाथिए । परिषदका उपाध्यक्ष विनोद घिमिरेले कार्यक्रममा आगन्तुक सबैलाई स्वागत गरेकाथिएभने पोर्चुगल नेपाल मैत्री संघका मिडियाको अर्डिनेटर भीम के।सी। कमल र गैर आवासीय नेपाली संघका अध्यक्ष रमेश गुरुङले शुभ-कामना मन्तब्य ब्यक्त गरेकाथिए ।
कार्यक्रमको दोस्रो खण्डमा संस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो, नेपालका ख्यातीप्राप्त एबम चर्चित लोक गायक बिष्णु खत्री र गायक तथा नेपाली कथानक चलचित्र’बाटो मुनिको फूलूका नायक यश कुमार दर्शकहरुलाई बेजोड प्रस्तुतिका साथ नचाउन सफल भएका थिए । बिष्णु खत्रीले भरिया दाइले बिसाउने भारी…, दुना टपरी.., मुस्तांग लेतेमा…, दशैं तिहारलगायतका गीतहरु गाएकाथिए । पन्चे बाजाको गीतमा दर्शकहरु स्टेजमै गएर गायक खत्रीसँगै कम्मर मर्काई-मर्काई नाचेको सांगीतिक माहोल निकै रोमान्चित देखिन्थ्यो । यसैगरी गायक यश कुमारले मैले छोएको पनि चल्दैन…, तिमीलाई कुनै पल नभेटू म …हिजो अर्कैसंग देखे लगाएतका चर्चित गीतहरुले भरपुर् मनोरंजन दिएका थिए । गायक यश कुमार आफैले अभिनय गरेको चलचित्र बाटो मुनिको फूलको गीत ‘ए तुलसी आगनमा …बोलको गीत गाउँदा दर्शक दीर्घामा एकचोटि तहल्कै मच्चिएको थियो । कार्यक्रममा गायकद्वयलाई कला परिषदका अध्यक्ष कुमार श्रेष्ठ र उपाध्यक्ष विनोद घिमिरेले फूल गुच्छा, खादा तथा प्रमाणपत्रले सम्मान समेत गरेकाथिए । यसैगरी परिषदका अध्यक्ष कुमार श्रेष्ठले पोर्तुगलबासी नेपालीहरुलाई दिएको योगदानको उच्च कदर गर्दै निवर्तमान एन आर एन अध्यक्ष लक्ष्मी सापकोटालाई कदरपत्रले सम्मान गरेकाथिए । चर्चित लोक गायक विष्णु खत्रीसँग स्थानीय कलाकार गीता तामाङले दोहोरी पनि गाएकी थिईन्। कार्यक्रमलाई प्रचारप्रसार एबम् ब्यबस्थित बनाउनको लागि शिब कुवर, कृष्ण समीप, चक्र खगुन्ना, दुर्गा पाठक, रामहरि लामिछाने, अर्जुन चौलागाईंलगायतको योगदान रहेको थियो ।
लिस्बोनका ब्यबसायीहरु मकर हमाल, कुमार श्रेष्ठ, नरेन्द्र हमाल, सूर्य हमाल, पूर्ण हमाल, रमेश गुरुङ, मान बहादुर पुर्जा, सुमन रेग्मीले प्रायोजन गरेका कार्यक्रमलाई प्राबिधिक तर्फबाट राजन गौतम र सूर्य भट्टचनले सहयोग गरेकाथिए । औपचारिक कार्यक्रमको परिषदका महासचिव बिष्णु गौतमले संचालन गरेका थिएभने सांस्कृतिक कार्यक्रमलाई नेपालका विभिन्न एफ एम रेडियोहरुमा कार्य गरिसकेका चर्चित उद्घोषक कमल बिष्टले संचालन गरेकाथिए । उद्घोषक बिष्टको कार्यक्रम संचालन गर्ने शैलीको सम्पूर्ण दर्शकहरुले प्रसंशा समेत गरेका थिए ।
-रामहरि लामिछाने, मेस ।
प्रतिक्रिया