राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो (पत्रसहित)

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो (पत्रसहित)


राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको केन्द्रीय समिति बैठकले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

बैठकपछि सो पार्टीले जारी गरेको बिज्ञप्तिमा मधेस समस्या समाधानमा सरकार उदाशिन रहेको, पृथ्वनिारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहको वेवास्ता गरेको तथा राप्रपालाई विभाजित गर्ने काममा परोक्ष रुपमा सरकारमै संलग्न पार्टीले भुमिका खेलेको भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख छ ।

त्यस्तै पार्टी बिभाजनका लागि पशुपति शमशेर राणाले निर्वाचन आयोगमा दिएको निवेदन खारेज गर्न पनि राप्रपाले आयोगसमक्ष माग गरेको छ ।