विश्वमा चार करोड बेरोजगार हुनसक्ने

विश्वमा चार करोड बेरोजगार हुनसक्ने


लण्डन । अस्ति राति सम्प्रेषण गरेको एउटा प्रतिवेदनमार्फत विश्वका विकसित राष्ट्रहरुमा आउने साल, चार करोड कामदारहरु बेरोजगार हुने कुरा चेतावनी दिँदै उल्लेख गरेको छ । सन् २००८सालदेखि विश्वको आर्थिक स्थिति डाँवाडोल हुँदै आएपछि जी२ ० राष्ट्रहरुका दुई करोड कामदारहरु बेरोजगार भएका छन् । विश्वका वरिष्ठ अर्थविदहरुका अनुसार हालको आर्थिक संकटले गर्दा शुन्य दशमलव आठ प्रतिशतको दरमा बढ्दै गइरहेको बेरोजगारी यदि कायमै रहन्छ भने सन् २०१२ सालसम्म बेरोजगारीको संख्या दोब्बर हुने कुरा बताएका छन् । युवाहरु र लामो समयसम्म काम नगरी बसेकाहरुले बढी मार खेप्नु पर्नेछ । आर्थिक संकटमा पिल्सिएको यो अहिलेका संसारको असली रुप हो । यस कुरालाई ती राष्ट्रहरुका सरकारहरुले नजरअन्दाज गर्न सक्दैन भनेर अर्थविदहरुले व्यक्त गरेका छन् । यो तथ्यांक राष्ट्रसंघको इन्टरनेशनल लेबर अर्गनाइजेशन र अर्गनाइजेशन फर इकोनोमिक कोअपरेकशन एण्ड डिभलेपमेन्टको संयुक्त अध्ययनबाट प्राप्त गरेको हो । कैयौ राष्ट्रहरुमा रोजगारका लागि आर्थिक परिस्थितिले गर्दा रोजगारको अवसर सिर्जना गर्न सकिरहेका छैनन् । यतिबेला जी२० राष्ट्रहरुमा आर्थिक संकटले गर्दा संघर्ष गर्दै बाटो खोजिरहेका छन् भने आर्थिक विकासमा भर्खरै उदय भइरहेका राष्ट्रहरुका गति मन्थर भएका छन् । श्रोत-नेट, सुमल, मेस ।