तीन दर्जन बढी खानी उत्खनन कम्पनीको प्रमाणपत्र खारेज

तीन दर्जन बढी खानी उत्खनन कम्पनीको प्रमाणपत्र खारेज


तीन दर्जन बढी खानी उत्खनन कम्पनीको प्रमाणपत्र खानी तथा भूगर्भ विभागले खारेज गरेको छ ।

गत आर्थिक वर्षदेखि हालसम्म विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र खारेज गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३ सय ६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।

दुई सय सात खानी खोजतलासको प्रमाणपत्र नवीकरण, ७६ खानी उत्खनन प्रमाणपत्र नवीकरण र सात नया“ खानीलाई उत्खनन प्रमाणपत्र प्रदान गरेको छ भने ८० खानीको वातावरणीय अनुगमन तथा निरीक्षण गरेको छ ।

प्रवक्ता झाका अनुसार खानी, वन तथा जिल्ला विकास समितिबीचमा ऐन कानूनका केही दफा बा“झिएका कारण खनिजजन्य उद्योग प्रवद्र्धन गर्न समन्वयको अभाव भएको छ ।

विभागले नवलपरासीमा धौवादी फलाम अन्वेषण, मुस्ताङमा युरेनियम अन्वेषण, काठमाडौ“मा प्राकृतिक ग्यास अन्वेषण, उदयपुरमा तामाखानी, धादिङ, मकवानपुर, अर्घाखा“चीलगायतका जिल्लामा खनिजजन्य उद्योग प्रवद्र्धन गर्ने कार्य गरेको छ ।