लण्डन । हिजो भारतमा मोबाइल फोन प्रयोग गर्नेहरुलाई एक दिनमा एक सयभन्दा बढी टेक्स म्यासेज पठाउन नसक्ने गरी प्रतिबन्ध गरेको छ । टेलिकम रेगुलेटरी अथोरिटी अफ इण्डियाले भारतका सत्तरी करोड मोबाइल फोन प्रयोगकर्ताहरुमाथि लगाइएको कानून विशेषगरी सयौं अनावश्यक व्यवसायसँग आबद्ध विज्ञापनहरु मोबाइल फोन प्रयोगकर्ताहरुले प्राप्त गरेकाले प्रतिबन्ध लगाएको हो । मोबाइल फोन प्रयोगकर्ताहरुले त्यसउपर कम्प्लेन गर्न थालेपछि कानून जारी गरेको कुरा प्रकाशमा आएको छ ।
विज्ञापनका अनावश्यक म्यासेजहरु समुन्द्रबाट भेल उर्लेर आएसरह के्डिट कार्डहरु, इस्टेट एजेन्टहरु र वजन घटाउनकालागि स्लिम साउना बेल्टजस्ता अत्याधिक विज्ञापनहरु टेक्स म्यासेजमार्फत मोबाइल फोनमा आउने गर्छन् । भर्खरैको अध्ययनले शहरी क्षेत्रका ६० प्रतिशत युवाहरुले एक दिनमा सरदर एक सय पच्चिसवटा टेक्स म्यासेजहरु पठाउने वा प्राप्त गर्ने गर्दछन् । धेरैजनाले सस्तो भएको कारणले गर्दा टेक्स म्यासेज पठाउने गर्छन् । यद्यपि स्मार्ट फोन प्रयोगकर्ताहरुलाई यस प्रतिबन्धले खासै असर पारदैनन् । कारण वेब सञ्चालित एप्लिकेशनहरुमार्फत काम चलाउन सक्छन् । एक्काइस वर्षीय, विद्यार्थी, अलामेलु चिदम्बरमले एक दिनमा ५०० सम्म टेक्स म्यासेज पठाउने गरेकी भन्छिन् । तिनले टाइम्स अफ इण्डियालाई …. साथीहरुलाई ट्र्याकमा ल्याउनलाई कलेजबाट घर आउनेबित्तिकै म ट्याक्स म्यासेज पठाउन शुरु गर्छु …. भनेकी थिईन् । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया