लण्डन । सिगरेटको अम्मल छुडाउनलाई प्रयोग गरिने एउटा औषधि जसबाट अरु औषधिभन्दा तीनगुणा प्रभावकारी मानिन्छ, त्यो औषधि बेलायतमा आधिकारिक हिसाबमा अझ तीन वर्षकालागि बेच्न नपाइने समाचार प्रकाशमा आएको छ जबकि यो औषधि अनलाइनमार्फत केवल १२ पेन्समा किन्न सक्छन् । विगत चार दशकदेखि पूर्वी युरोपेली राष्ट्रहरुमा लाखौ सिगरेट अम्मलीहरुलाई यस औषधिको प्रयोगबाट सिगरेटको लत् छुडाउनुमा मद्दत पुर्याएको कुरा थाहा लागे तापनि निकोटिनको मात्रको बदलामा ट्याबेक्स भनिने यो औषधिलाई अझ पनि बेलायतका डाक्टरहरुले सेवन गर्नका लागि प्रेस्क्रिप्सन दिन सक्दैनन् ।
झारपातबाट बनेको यो औषधिमा कुनै नराम्रोखाले साइडइफेक्ट भएको जानकारी अझसम्म प्राप्त भएको छैन । यसको प्रयोगबाट एनएचएसका लाखौ पाउण्ड रकम बचत हुनसक्ने धारणा जानकारहरुले राख्दछन् । तर, यससम्बन्धी विज्ञहरुका भनाइमा “अलिस इन वण्डरल्याण्ड” जस्तो उखानको अधारमा पूर्ण रुपमा एकिन नगरी औषधि बेच्न पाउने कानून बनाउन सान्दर्भिक नभएकाले अझ तीन वर्षकालागि प्रतिबन्धित गर्ने कुरा सामुन्ने आएको छ । यो औषधि बेलायतकालागि डाक्टरहरुमार्फत प्राप्त गर्न नसकेता पनि अनलाइनबाट पर्याप्त मात्रामा किन्न सक्ने कुरा प्रकाशमा आएको छ । यसकारण यस्तो अवस्थामा अनलाइनबाट ब्रि्री वितरण गर्ने हुँदा नक्कली औषधिहरु बनाएर ब्रि्री गर्ने सम्भावना पनि प्रबल देखिन्छ भनेर सम्बन्धित निकायका व्यक्तिहरुले चिन्ता व्यक्त गरेका छन् ।
ट्याबेक्सको प्रयोग कहाँबाट शुरु भएको होला भन्ने कुराको जानकारी प्राप्त गर्ने कुरामा दोश्रो विश्वयुद्धताका चुरोट पिउने योद्धाहरुलाई सम्झे हुन्छ । दोश्रो विश्वयुद्धताका जर्मनी तथा रुसी सैनिकहरुले चुरोटको बदलामा चुरोटको तलतल मेटाउनका लागि पिउने झारबाट नै ट्याबेक्स बनाएको भनिन्छ । त्यसबेला ती सैनिकहरुले चुरोटको बदलामा एसिया र युरोपको सिमाना क्षेत्रमा उम्रने एक प्रकारको पहेंलो फुल्ने ल्याबर नामको रुखका पत्ताहरु निकोटिनको तलतल मेटाउन पिउने गर्थे । पूर्वीयुरोपेली क्षेत्रहरुमा सिगरेटको लत हटाउन यसको बृहत प्रयोग गरेर एकिन भइसके तापनि बेलायतका सम्बन्धित निकायका मानिसहरुलाई अझ उचित निर्णय लिनकालागि पर्याप्त नभएको भन्छन् । एउटा अध्ययनबाट यो थाहा हुन आएको छ कि सिगरेट छाड्न चाहनेहरुले ट्याबेक्सलाई औषधिको रुपमा प्रयोग गर्दा ३, ४ गुणा अरु दवाइभन्दा फाइदा देखिएको छ । ७४०जना चुरोट अम्मलीहरुलाई परिक्षणकालागि अनुसन्धान गर्दा सिगरेट छुडाउने औषधि, प्लेस्बो समूहका दवाइको प्रयोगबाट प्राप्त २ दशमलव ४को अनुपात तुलनामा ट्याबेक्स औषधिबाट आठ दशमलव अम्मलीहरुलाई चुरोटको लत छुडाउन सफल भएको कुरा सम्प्रेषण गरेको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया