पाँच दिनभित्रै कांग्रेसले उम्मेदवारको टुंगो लगाउला ?

पाँच दिनभित्रै कांग्रेसले उम्मेदवारको टुंगो लगाउला ?


नेपाली कांग्रेस यतिबेला स्थानीय तहअन्तर्गत प्रदेश नम्बर २ को उम्मेदवारको टुंगो लगाउन जुटेको छ ।

कांग्रेसले आगामी पाँच दिनभित्र तेस्रो चरणमा हुन लागेको प्रदेश नम्बर २ को उम्मेदवारको टुंगो लगाउन जिल्ला पार्टीलाई कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बसेको बैठकले निर्देशन दिइसकेको हो । पाँच दिन भित्र उम्मेदवारको टुंगो लगाउन पार्टीले जिल्ला पार्टीलाई निर्देशन दिएपनि आंकाक्षहरु धेरै रहेकाले सो अवधीमै उम्मेदवार चयन गर्न हम्मेहम्मे पर्ने देखिन्छ ।

यसअघि पार्टी भित्र टिकट वितरणमा पक्षपात एवं अनियमितता भएको कुरा व्यापक उठ्ने गरेको थियो । यसपाली जिल्ला पार्टीलाई टिकट छनौटको जिम्मा दिदाँ के स्वच्छ रुपमा टिकट वितरण होला त ? त्यो विषयलाई महत्वकासाथ हेरिएको छ ।

साउन २९ गते भित्र निर्णयको प्रतिलिपीसहित उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं. २ का ८ वटै जिल्ला पार्टी निकायहरुलाई निर्देशन दिएसँगै ती जिल्लामा आफूले टिकट पाउनका निम्ति नेताहरुले दौडधुप बढाएका छन् ।

कांग्रेसले उम्मेदवार छनोटमा विशेष ध्यान दिनुपर्ने र उसकोलागि यतिबेला पहिलो पार्टी बन्ने ठूलो मौका भएको जानकारहरु बताउँछन् ।