बाबुरामलाई भेट्न केपी ओली गठ्ठाघर पुगे

बाबुरामलाई भेट्न केपी ओली गठ्ठाघर पुगे


नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई भेट्न एमाले अध्यक्ष केपी ओली बुधबार दिउँसो भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुगेका छन् ।

दुई नेताबीच करिव १० मिनेट कुराकानी भएको थियो । भेटपछि अध्यक्ष ओलीले भटराईको स्वास्थ्य अवस्था बुझ्न आफु अस्पताल आएको प्रतिकृया दिए ।

ओली झापाबाट एयरर्पोट झेरर सिधै भट्टाई उपचाररत अस्पताल पुगेका थिए । उनले भेटमा केही राजनीतिक विषयमा समेत कुराकानी भएको बताएपनि के के विषयमा कुराकानी भयो भन्नेबारे भने संचारकर्मीलाई बताउन चाहेनन् ।