आफ्नो आँखा आफैं निकाल्ने धर्मान्ध

आफ्नो आँखा आफैं निकाल्ने धर्मान्ध


लण्डन । हिजो एउटा गिर्जाघरभित्र गिर्जाघरको पादरीले बाइबलमा लेखेका पंक्तिहरु पढिरहेको बेलामा एकजना गिर्जाघर गएका अशान्त भक्तजनले आफ्नै दुइटा आँखाहरु आँखाबाट च्यातेर निकालेका विभत्स घटना घटेको समाचार प्रकाशमा आएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार एकजना ४६ वर्षीय बेलायती नागरिक अल्डो बायान्चिनीले आइतबारको दिनमा इटाली, भायराग्गियोस्थित एउटा गिर्जाघरभित्र आफ्नै हातले आँखाहरु च्यातेर निकाल्दा रगतैरगत भएका थिए, त्यसपछि चिच्याउँदै ढल्न पुगेका थिए । हिजो राति धेरै प्रयासपछि पनि चिकित्सकहरुले उनका आँखाहरु अस्पतालमा पुनः जोड्न सकेनन् ।
घटनाको बेलामा त्यहाँका पादरी लोरेन्जो ताङ्गानेल्लीले सेन्ट म्याथिउ कृत पवित्र बाइबलको एउटा अंशमा यिशुले बोलेका कुराहरु पढेर व्याख्या गर्न खेाजेका थिए । उनले ती पंक्तिहरुमा यिशुले भनेका शब्दहरु, …यदि तिम्रा सही आँखाहरुले तिमीलाई पापकर्म गर्न बाध्य गराउँछन् भने ती आँखाहरु निकालेर फ्याँकिदेऊ…..भन्ने वाक्यहरु पढेकै बेलामा यी वाक्यहरु सुनेपछि एकदमै भावनामा धर्मान्ध भएर ३०० व्यक्तिहरुका अघि उनले आफ्नै आँखा निकालेर ढल्न पुगेका थिए । तर, एकजना चिकित्सक क्षेत्रसँग आबद्ध उनलाई नजिकबाट चिन्ने एकजना प्यारामेडिक्स पनि त्यही थिए, उनले … मेरो जीवनमा मैले यति धेरै रगत बगेको कहिल्यै देखेको थिइनँ… भनेका छन् । चिकित्सक जिनो बारबाकीले … मैले आफ्नो २६ वर्षे सेवाकालमा यस्तो घट्ना कहिल्यै देखेको थिइनँ .. यसो गर्नका लागि एकदमै दैवी शक्ति भएको मान्छेले मात्र गर्न सक्छन् … भनेका थिए । श्रोत- मेट्रो, सुमल, मेस ।