बिमस्टेकको ‘दोक्लाम र सार्क कनेक्सन’

बिमस्टेकको ‘दोक्लाम र सार्क कनेक्सन’


-वीरेन्द्र केएम

भारत र चिनबीचको विवादित भनिएको मुद्दा दोक्लामबारे नेपाल–भारत र भुटानबीच छुट्टै
बैठक हुने भएको छ । समाचार श्रोतका अनुसार नेपालले वार्ताकै माध्यमबाट समास्या समाधान गर्नुपर्ने पहलसहित भारत र भुटानलाई एकै ठाउँमा राखेर बवभिन्न छलफलसहित साझा धारणा बनाउने प्रयास थालेको हो ।

यसअघि नेपालले दोक्लाम मुद्दाबारे आफू तटस्थ रहेको भन्दै वार्ता र सम्झौताकै माध्यमबाट भारत चीनले समस्याको हल निकाल्नुपर्ने बताएको थियो । नेपालले आफ्नो धारणाको रुपमा यो कुरा बताए पनि भारत र भुटानसँग बेठक गरिसकेपछि मात्र कुनै ठोस धारणा बनाउने बुझिएको छ । साथै भारत र नेपालबीच समेत यस विषयमा छुट्टै वार्ता हुने र भुटानको पक्ष बुझ्न भुटानसँग समेत छुट्टै बैठक बस्ने समाचार श्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले र भारतिय विदेशमन्त्री सुष्मा स्वराज तथा भुटानका विदेशमन्त्री दाम्चो दोर्जीसँग विषेश छलफल गर्न लागेको हो । यसैगरी सचिव तथा अन्य पदाधिकारी सतरमा समेत बैठक हुने बुझिएको छ ।

यसैगरी भारत र पाकिस्तानबीचको पछिल्लो द्धन्द्धका कारण गति लिन नसकेको सार्क बारे समेत नेपालले अनौपचारिक छलफल गर्नेछन् । खासगरी भारतको पक्ष बुझेपछि मात्र नेपालले सार्क बारे कुनै नयाँ पहल थाल्ने सोच बनाएको परराष्ट्र मनत्रालयका एक अधिकारीले बताए ।

‘पाकिस्तानले सार्कबारे विभिन्न दबाबहरु दिइरहेको छ’ उक्त अधिकारीले भने -‘भारतको पक्ष नबुझेसम्म सार्कबारे कुनै निर्णय लिने कुरै भएन, त्यसैले यसबारे पनि औनपचारिक छलफल हुने छ’ ।

त्यसो त, आन्तरिक राजनीतिक अवस्था र सदस्य मुलुकहरूको अनुकूलताले बैठकमा ढिलाइ भए पनि अन्ततः नेपालले नै सम्मेलन गर्ने भएको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को समेत अध्यक्ष रहेको नेपालले सार्क र बिमस्टेक कुनलाई बढी प्राथमिकता दिने भन्ने अन्योल रहिरहेको अवस्थामा यो बैठक हुन लागेको हो ।

दुई वर्षअघि मात्र बिमस्टेकको सचिवालय बंगलादेशमा स्थापना भएको छ । त्यसअघि परराष्ट्र मन्त्रालयमा रहेको डेस्कको ‘रुटिन’ प्रक्रियामा यो संगठन चलिरहेको थियो । बिम्स्टेकमा सार्कका तीन मुलुकहरु अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स सदस्य छैनन् भने सार्कलाई कम महत्व दिई बिमस्टेकलाई बढी महत्व दिएको बताइएको छ ।

यही कारण यता, बिमस्टेकलाई ‘माइनस पाकिस्तान’ पनि भन्ने गरिएको छ । यसको स्थापनाकालमा अफगानिस्तान सार्कको समेत सदस्य थिएन । बिमस्टेक अध्यक्ष मुलुक नेपालले पहिलो पटक बैठक गर्न लागेको हो ।

स्वराजको रोचक -गाडी कुटनीति :
बिमस्टेक बैठकमा भाग लिन नेपाल आएका सबै सदस्य राष्ट्रका कुटनीतिकहरुले आ-आफनै दुतावासले उपलब्ध गराएको गाडी चढेपनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भने नेपाल सरकारले उपलब्ध गराएकै गाडी (सरकारी नम्बर प्लेटको गाडी ) चढेकीछन् ।

त्रिभुवन विमानस्थालस्थित विशिष्ट आगमनद्धारबाट बाहिरिँदा त्यहाँ तयारी अवस्थामा राखिएको दुतावासको गाडीमा नबसी नेपाल सरकारले तयारी अवस्थामा राखेको गाडीमा बसेकी थिइन् । अन्य कुटनीतिकहरुले आफनै दुतावासको गाडी चढेका कारण भारतीय दुतावासले पनि आफ्नै गाडीलाई विदेशमन्त्रीका लागि अगाडी तयार गरिराखेको थियो तर स्वराजले इसारा दिएपछि फटाफट उक्त गाडी साइड गराई नेपाली सरकारी गाडीलाई अगाडी ल्याइएको थियो ।

गाडीमा बस्नै लाग्दा स्वाराजले हात हल्लाउँदै अभिवादन गरेकी थिइन् भने सोही गाडीमा राजदुत मन्जिवसिंह पुरी समेत बसेका थिए ।  त्रिभुवन विमानस्थलस्थित रहेका नेपाल प्रहरीका उच्च सुरक्षाकर्मीहरुले भारतीय विदेशमन्त्रीहरु मध्ये नेपालको सरकारी नम्बर प्लेट भएको गाडीमा बसेको यो पहिलोपल्ट भएको दाबी गरे । ‘कुटनीतिक रुपमा यो एउटा महत्वपुर्ण सन्देश पनि हो’ एक जना डिआजी स्तरका नेपाल प्रहरीका अधिकृतले भने ‘यसलाई हामी नेपालीले साकारात्मक रुपमा लिनु पर्छ’ ।