फेरि सऱ्यो आईजीपी विवादको सुनुवाई

फेरि सऱ्यो आईजीपी विवादको सुनुवाई


प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ । वरियताक्रममा आफू पहिलोमा रहेको र चार वर्षको कार्यसम्पादन एवम् मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिरसहित प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते निवेदन दिनुभएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा विहिबार सुनुवाइ नसकिएपछि अर्को सुनुवाइ तोकिएको हो ।