लण्डन । सबैले उनलाई मोल म्यान (कोठी भएको मान्छे)को नामबाट चिन्दथे । उनले छुट्टै रहेको आफ्नै चारकोठे घरको धरातलमुनि १८ मिटर लामो सुरुङहरुका सञ्जाल विगत ४० वर्षदेखि खन्दै आइरहेका थिए । स्वर्गीय विलियम लाइटटलका खण्डहाररुपी जीर्ण भैसकेको घरको मूल्य पाँचलाख पाउण्डको न्युनतम बोली राखेर बेचिने कुराको समाचार प्रकाशमा आएको छ । उत्तरपूर्वी लण्डनस्थित जीर्ण अवस्थामा रहेको आफ्नै घरसँग आफ्नो जीवनको अन्तिम समयसम्म विलियम जुझ्दै आइरहेका थिए । उनको जीवनको अन्तिम समयसम्म त्यो घर ढल्नै आँटेको थियो ।
सन् २००८ सालमा उनलाई उनको घरको स्वामित्वबाट काउन्सिलले बेदखल गरेको थियो र उनी ७९ वर्षको उमेरमा मरेपछि हृयाक्नी काउन्सिलले घरमुनिको सुरुङ पुरेर त्यस घरलाई ढल्नुबाट बचाएको थियो । त्यसघरको पूरा संरचनालाई भत्काउन असफल भएपछि उनकापछि हक लाग्ने हाल बाँचिरहेको परिवारले अहिले त्यो सम्पति बेच्न चाहेको छ । त्यो भवन भएको गल्ली संरक्षित गल्ली भएको हुनाले भवन भत्काएर निर्माण गर्नका लागि योजना विभागले अनुमति दिन मानेनन । अनलाइन प्रपर्टी वेबसाइट जूप्लाले हृयाक्नीको त्यसक्षेत्रमा रहेको पुरानो छुट्टै भएको चारकोठे घरलाई तुलनात्मक हिसाबमा मरम्मत गरेर बेच्दा अहिलेको बजारभाउमा एक मिलियन रकमसम्म प्राप्त गर्न सकिन्छ भनेको छ । तर, काउन्सिलले त्यो भत्किन लागेको घरलाई पुरेर भत्किनबाट जोगाएकोमा चारलाख पाउण्डको खर्च असुल गर्ने कुरा संप्रेषण गरेको छ । श्रोत – मेट्र, सुमल, मेस ।
प्रतिक्रिया