किसानको नाममा बर्षैदेखि खुलारुपमा ठगीधन्धा चलाउदै आएको एक गैरसरकारी संस्थालाई सरकारले अझै सम्म कारबाही गर्न गर्न सकेको छैन । किसानको नाममा विभिन्न कृषिजन्न विउविजनको बिक्रीमा ठगी गरेको खुलेको छ । सरकारले त्यसतर्फ चासो नदिदाँ करोडौ रुपैयाँ कर छली भएको छ भने कृषकहरु ठगीन पुगेका छन् । किसानलाई सहजरुपमा पशुपन्छिको दाना, विभिन्न जातका विउहरु सरल मुल्यमा उपलव्ध गराउने भन्दै सम्बन्धित सरकारी निकायका कर्मचारीलाई हातमा लिई अबैधधन्धा चलाउदै आएको निम्बस इन्टरनेशनल नामको सस्थाले पछिल्लो समयमा गुणस्तहिन र नक्कली धानको विउ बिक्री गरेको खुलेको छ ।
नक्कली र अबैध प्रभाणित भई गत वर्ष नष्ट गरिएको धान बायोसिड ७ सय ८६ नामको धानको विउको पुरानो प्याकेज र नाम हटाई नयाँ प्याकेटमा भरेर पुनः सोही गुणस्तहिन विउ बिक्री गरेको खुलेको हो । सो प्याकेट र पुरानो नामलाई परिबर्तन गरि ‘रेश्मा ७८६’ नाम दिएर बिक्री वितरण गरेको खुलेको छ । सो बिउलाई निम्बसले आयात गरेको हो । गोप्य रुपमा प्राप्त बिउ बिजन केन्द्र हरिहर भवनका केही कर्मचारीलाई मोटो रकम दिएर प्रमाणित गरि सो नक्कली गुणस्तहिन बिउ निम्बसले बिक्री गरेको हो ।
उक्त नक्कली बिउलाई नाम र प्याकेट परिवर्तन गरेर बजारमा निम्बस इन्टरनेशनलका बजार प्रबन्धक डा. शितलकाजी श्रेष्ठले शक्तिकेन्द्र मिलाएर बिक्री गरेको खुलेको छ । श्रेष्ठले उक्त बिउ पुनः बजारमा ल्याउन नाताले आफ्नो काका पर्ने माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको नाम लिई सरकारी कर्माचारीसलाई धम्काई प्रमाणित गरेको आरोप समेत लगाईएको छ । श्रेष्ठले काकाको नाममा कृषि मन्त्रालय र मातहतका विभागबाट गुणस्तहिन सामानको बिक्री वितरण गर्दै करोडौ रुपैयाँ कर समेत छली गरेको उनी निकट एक व्यक्तीले नाम नलेख्ने सर्तमा बताएका छन् ।
यस सम्बन्धमा सो कम्पनीमा सम्र्पक गर्दा आधिकारीक कोही नभएको भन्दै फोन राखिएको थियो । शक्ति केन्द्रकै आड्मा बिउ बिजन केन्द्र र कृषि मन्त्रालयलका अधिकारीक निकायलाई समेत निरिह बनाएर रकम आर्जन गरेको स्रोतको दाबी रहेको छ । माओवादी केन्द्रका पुर्वमन्त्री गौरिशंकर चौधरीलाई निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारिया र डा. श्रेष्ठले मोटो रकमको थैलि बुझाएर नक्कली विउलाई उच्च गुणस्तरको छाप लागार बजार पठाउन स्वीकृत दिएको आरोप समेत सोही मन्त्रालयका एक अधिकृतले लगाएका छन् ।
बिजन केन्द्र हरिहर भवनमा रेश्मा ७८६ को नाममा बायोसिडलाई कभर फेरेर अबैध रुपमा बिउ बिक्री गर्न छुट दिइएको खुलेको छ । रेश्मा ७८६ आफ्नो धान नरहेको भनि २०७१ माघमा स्वंय बायोसिडका म्यानेजर विबेक सिंहले बिउ बिजन केन्दै हरिहर भवनमा निवेदन समेत दर्ता गरेका थिए । मन्त्रालय र बिउ बिजन केन्द्रमा थैलि बुझाएर बायोसिड ७८६ लाईनै रेश्मा ७८६ बनाई कमिशनको आसमा आम किसानको भबिश्यमाथी समेत खेल खेलिएको छ । भने सो विउ प्रयोग गर्ने किसानहरुलाई धान उत्पादनमा ठुलो नोक्सानी पुग्ने प्रायःनिश्चित भएको छ ।
प्रतिक्रिया