लण्डन । एकजना आमाले आफ्नो छोरालाई क्यान्सर रोग लागेको बहाना गर्दै विगत सात वर्षदेखि काउन्सिललाई ढाँटदै हालसम्म एकलाख पाउण्ड रकम बराबरको वेलफेयर बेनिफिट खाँदै आएको समाचार हिजो अदालतबाट खुल्न आएको छ । उक्त महिलाले आफ्नो छोरालाई सात वर्षसम्म क्यान्सर रोग लागेको छ भन्ने कुरा झुटो साबित भएपछि उनीमाथि मुद्धा चलाइएको हो ।
३६ वर्षीया महिलाले छोरालाई क्यान्सर रोग लागेको छ भन्दै छोराको टाउको खौरेर, आँखाका आँखीभौंहरुसमेत खौरेर उनको टाउको छोप्नाकालागि एउटा टल्ली बाँध्न लगाउँथिईन् । । यसले छोरालाई केमोथेरापी (क्यान्सरको उपचारमा सुइबाट केमो दिने) गरेजस्तो देखावटि गरी स्कुल पठाउने गर्थिन् । अनि सम्बन्धित वेलफेयर निकायका अधिकारीहरुलाई धोकामा राख्दै केयरटेकर भत्ता, ट्याक्स राहत र क्यान्सर रोगी बच्चाका लागि विकलांग राहत विगत सात वर्षदेखि ठग्दै खाँदै आएकी थिईन् । छोरा अहिले नौ वर्षको भएको छ । महिलाले डाक्टरहरुका किर्ते प्रेस्क्रिप्शन बनाउँदै पेश गर्ने गर्थिन् । छोरा र उनका सात वर्षीया बहिनीलाई स्कुलका अन्य बच्चाहरुसँग स्कुलका क्रियाकलापहरुमा भाग लिनबाट पनि वञ्चित राख्थिन् कारण ठगेर खाएको पोल खोलिन्छ कि भनेर बच्चाहरुलाई सदा बिमारी छ भन्ने कुरा देखाउन उनी त्यसो गर्थिन् । उनले ठग्दै आएकी कुरा हिजो ग्लुसेस्टर शायरको माजिस्ट्रेट अदालतले सुनवाइ गर्दा खुल्न आएको थियो । उनीमाथि एघारवटा धोखाघडी, चारवटा जालसाजी र २ वटा हेल्चेक्रयाइँ गरेका आरोपहरु लागेको छ । हिजो उनलाई पुर्पक्ष नगरी रिहाइ गरेको छ । कानूनी प्रतिबन्ध भएकोले नाम लिन नमिल्ने त्यस महिलालाई अदालतले आगामी ०२ डिसेम्बर २०११ सम्म तारिखमा छोडेको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया