लण्डन । हिजो स्पेनमा धुमधामसंग मनाइएको विवाहको माहौललाई लिएर सञ्चार माध्यमले व्यापकता दिएको समाचार प्रकाशमा आएको छ । ८५ वर्षीया शौखिन बृद्धा अल्बा प्रान्तकी शाही डचेसले आफूभन्दा २४वर्ष कान्छो प्रेमीलाई विवाह गरेकी छिन् । ३ अर्ब पाउण्डको सम्पतिसहित ८५ वर्षीय डचेस युरोपभरिका धनाढ्य महिला मध्येकी हुन् । सरकारी जागिरे, ६१ वर्षीय अल्फान्सो डाएजसँग विवाह बन्धनमा बाँधिन लागेकी डचेसलाई शाही परिवार र तिनका बच्चाहरुले तगारो हाले तापनि अन्तमा तिनले विवाह गरेरै छाडिन् । सेभिलमा आयोजना गरिएको सो विवाहको अवसरमा सयौं तिनका शुभचिन्तकहरु सहभागी भएका थिए । क्यामेराको अघि नवविवाहित डचेसले फ्लेमेन्को नाच नाचेर सम्पूर्ण शुभचिन्तकहरुलाई आफ्नो जीवनको महत्वपूर्ण दिनको खुशियाली जताएकी थिईन् ।
यस विवाहलाई तिनका ६ जना बच्चाहरुका मर्जीबिना हुने सम्भावना थिएन, तर, ती बच्चाहरुलाई गत जुलाइ महिनामा आफ्नो सम्पति बाँडी दिएपछि बच्चाहरु यस विवाहमा बाधक बनेनन् । धनाढ्य, अकुत सम्पतिकी मालिक्नी, डचेसको पूरानाम मारिया डेल रोसारियो कायेटानो अल्फोन्सा विक्टोरिया युजेनिया फ्रान्सिस्का फिज जेम्स स्टुअर्ट यिसिल्भा हुन् । बेलायतकी महारानीको भन्दा यिनका बढी अलंकार र पदकहरु छन् । आफ्नो रंगीन मिजाज अनुसारको रंगीविरंगी पहिरन र सेतै फुलेको कपालको नक्कलले स्पेनिश सञ्चार माध्यमहरुमा शीर्षस्थान ओगटेका छन् । तिनले सन २००८सालदेखि डायजलाई डेटिङ दिँदै आएकी थिईन् । डचेसले आफ्नो तेश्रो पतिको बारेमा ….म एक्लै यस विवाहको भागीदार हुँ उनलाई सबैले विरोध गरेका थिए, तर, अन्त्यमा उनी कति सक्षम छन् भन्ने कुरा चालपाए … म एउटी रोमन क्याथोलिक धर्ममा अस्था राख्ने महिला हुँ त्यसैले मैले तेश्रो विवाह गरेकी हुँ, अभाग्यवश मेरा दुईजना पूर्व पतिहरु मृत्यु भएर गए …. भनेर सञ्चार माध्यमलाई भनेकी छिन् ।
डचेसकी अपार सम्पतिमा स्पेनभरिका पुरानो महलहरु, चित्रकलाका मास्टरहरु भेलाजाकिज र गोयाले बनाएका चित्रहरु छन् र स्पेनभरि फैलिएका विशाल जमीनहरु छन् । अब डायज जागीरबाट निवृत्त भएर सौह्रौ शताब्दिताका निर्माण गरिएको सेभिलको एउटा महलमा दुलहीसँग बस्ने योजना बनाएका छन । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया