(कविता)ढंग-अप्जसे कान्छा

(कविता)ढंग-अप्जसे कान्छा


ल, तिमी सही ।
न मेरो ढंग छ
न मसँग तिमीले खोजेको रंग छ
बेसुरको जीवन सबै भताभुङ्ग छ
मेरो आगनमा उचाड, उदास मौसमकै उमङ्ग छ
तर तिमी बेखुशी हुनु पर्दैन
मैले कसैको आकाश बादलले छेकाएको छैन
धर्तीको खुशीलाई पेवा बनाएको छैन
यति हो, समयसँग सम्झौता गरिनँ कहिले
उज्यालोमा न अध्यारोमा फेरिन रंग मैले
जस्तो मिल्यो उस्तै उमंगमा अंगालें तिमीलाई मैले
हेर, राम्ररी फूलको बोट कआँ छ ?
कोसँग फूल ? कोसँग काँडाको चोट छ ?
खोजेरै हेर, कहाँ जीवनको एकै रंग छ ?
खोट नभएको बिना काँडाको फूलको बोट छ ?
ब्रेकन, यूके