एकनाथको साथ माधव नेपाल उत्तर कोरियातर्फ !

एकनाथको साथ माधव नेपाल उत्तर कोरियातर्फ !


पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आज पूर्वमन्त्री एकनाथ ढकाल सहितलाई लिएर उत्तरकोरिया प्रस्थान गर्नुभएको छ । उत्तर कोरिया र सयुक्त राज्य अमेरिकाबीच उत्पन्न विवादका कारण उक्त क्षेत्रमा तनाव उत्पन्न भइरहेका बेला माधव नेपालको भम्रण हुनुलाई अर्थपूर्ण मानिएको छ । उहाँका साथमा नेपालको इसाईकरणका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालसमेत रहनुले भम्रणलाई थप रहस्यमयी बनाएको छ ।

माधव नेपालको भम्रणको सम्पूर्ण खर्च ढकालले नै ब्यहोरेको बताइन्छ । यसअघि ढकालले प्राय गरेर दक्षिण कोरियामा इसाईहरुको प्रायोजनमा आयोजना गरिने विश्व सम्मेलनमा नेपालबाट विभिन्न प्रभावकारी व्यक्तिहरुलाई सामेल गराउने गर्नुहुन्थ्यो ।

यसपटक उत्तर कोरिया ढकालको रोजाइमा पर्नु र माधव नेपाल जति उचाईको नेता ढकालसँगै उत्तर कोरिया जानुले यहाँ तरङ्ग पैदा गरेको छ । नेता नेपाललाई सकेसम्म उत्तर कोरियाको भ्रमण नगर्न र गर्नै पर्ने भए पनि ढकालसँगै नगर्न उहाँका शुभ चिन्तकहरुले सुझाव दिएका थिए तर उहाँ अटेर गरेर त्यसतर्फ जानुभएको बताइन्छ ।

‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन उत्तर कोरियाली सरकारको निमन्त्रणामा नेपाली सांसदहरुको नेतृत्व गर्दै नेपाल त्यसतर्फ लाग्नुभएको बताइएको सो टोलीमा एकनाथ ढकालका अलावा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसमेत रहनुभएको बुझिएको छ ।

स्मरण रहोस्, केही महिनाअघि इसाईहरुले अमेरिकामा आयोजना गरेको एक कार्यक्रममा पनि माधव नेपाल पाहुना बन्न पुग्नुभएको थियो । उक्त कार्यक्रममा नेपाललाई सरिक गराउन लैजाने पात्र पनि पहिलो संविधानसभाको मुखैमा रातारात नेपाल परिवार दल नामक पार्टी खडा गरी शंकास्पद किसिमबाट नेपाली राजनीतिमा छाएका उनै एकनाथ ढकाल रहेका नेपालनिकट सुत्रले जनाएको छ ।