प्रधानमन्त्री भारत जानुअघि निर्वाचन मिति घोषणा

प्रधानमन्त्री भारत जानुअघि निर्वाचन मिति घोषणा


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै निर्वाचनको मिति घोषणा हुने वाणिज्यमन्त्री मीन विश्वकर्माले दाबी गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्न निर्वाचन आयोगले सहमति दिनासाथ मिति घोषणा गर्ने गरी तयारी भएको उल्लेख गर्दै उनले निर्वाचन संविधानद्वारा निर्दिष्ट समयसीमाभित्र गर्न सरकार प्रतिबद्ध रहेको बताए । ज्ञातव्य छ, प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने सम्भावित मिति तय गरिएको छ ।

आगामी माघ ७ गते सबै चुनाव सक्नुपर्ने समयसीमा रहेकाले मंसिर १० गतेसम्म दुवै निर्वाचन सक्नैपर्ने बाध्यात्मक परिस्थिति रहेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले निर्वाचन संविधानद्वारा निर्दिष्ट समयसीमाभित्र गर्न सरकार प्रतिबद्ध रहेको बताए ।