हङकङ । संखुवासभा समाज हङकङका अभिभावक स्वर्गीय अमृत बहादुर गुरुङको २८ सेप्टेम्वरका दिन काठमाण्डौ सुकेधारास्थित आफ्नै निवासमा ७० वर्षको उमेरमा निधन भएको छ । संखुवासभा समाज हङकङले अस्ति निजको सम्झनामा श्रद्धान्जली सभाको आयोजना गरेकोथियोे । समाजका अध्यक्ष प्रेम कुमार कोरङ्गीको सभापतित्वमा सम्पन्न उtm कार्यक्रममा समाजका सल्लाहकारहरु क्रमश हेम राई, कर्ण कोरङ्गी, ललित जंग राई र खड्ग माङमालीले स्वर्गीय गुरुङको ब्यक्तित्वको चर्चा गरेका थिए । सचिव अजम्वर घलेद्वारा संचालित उक्त कार्यक्रममा स्वर्गीय गुरुङका आफन्त मणी कुमार गुरुङ र उर्मिला गुरुङले स्व गुरुङको तस्वीरमा फूलमाला चढाएर कार्यक्रमको शुरुवात गरेका थिए । करिव २ घण्टासम्म संचालित कार्यक्रममा सभापति प्रेम कुमार कोरङ्गीले अबका दिनहरुमा समाजका हरेक गतिविधिहरु संस्थाको आफ्नै वेवसाइट www.hamrosankhuwasava.com मार्फत जानकारी गराउने खुलासा गरेका थिए भने सबै सल्लाहकारुले स्व गुरुङप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका थिए । स्मरण रहोस्, स्व गुरुङ, चर्चित गायक खेम राज गुरुङका पिता थिए । -कोरङ्गी प्रेम
प्रतिक्रिया