नयाँ संरचना अनुसार जिल्लाको कार्यकारी अधिकारी नरहने भएपछि एलडीओ (स्थानीय विकास अधिकारी)हरूले आफूहरूलाई जिल्लाबाट फिर्ता बोलाइदिन संयुक्त माग गरेका छन् । स्थानीय विकास मन्त्रालय सूत्रका अनुसार ७५ जिल्ला स्थानीय विकास अधिकारीहरूले यसरी निवेदन दिएपछि अब के गर्ने भनेर छलफल सुरु भएको छ । जिल्ला विकास समिति नयाँ संरचनामा जिल्ला समन्वय समिति बनेको छ । स्थानीय निकायमा शक्ति र श्रोत रुपान्तरण भएपछि एलडीओहरूले जिल्ला समन्वय समितिमा नबस्ने निर्णय गरेका हुन् ।
प्राप्त जानकारीअनुसार, स्थानीय निकायमा नजानका लागि अनेक शर्तहरू तेस्र्याइरहेको बेला एलडीओहरूको यस्तो मागले थप समस्या सिर्जना गरेको छ । यसअघि विभिन्न जिल्लामा एलडीओ हुनका लागि सोर्स लगाउने गरिएको थियो । ‘सोर्सफोर्स’ का आधारमा एलडीओ भएका उनीहरू नै अहिले शक्तिहीन हुने अवस्थामा भएपछि आफूहरूलाई त्यहाँबाट हटाइदिन माग गरेका छन् । यसबाट नेपालका कर्मचारीहरूमा कुन हदसम्मको विचलन रहेछ भन्ने स्पष्ट हुन्छ । ७५ जिल्लाका ति एलडीओहरूलाई के गर्ने भन्ने बारेमा कुनै निर्णय भएको छैन ।
प्रतिक्रिया