लण्डन । तीनवटा बेलायतका युनिभर्सिटीहरु यस वर्षको द टाइम्स हाइयार एजूकेशन पत्रिकाले निकालेको सूचीमा शीर्ष दशवटा युनिभर्सिटीहरुभित्र परेका छन् । त्यसमध्येमा अक्सफोर्ड युनिभर्सिटीले बेलायतका युभिर्सिटीहरु मध्येमा पहिलो स्थान ओगटेको छ । अन्तरराष्ट्रिय सूचीक्रममा भन्नाले विश्वभरिका विश्वविद्यालयहरुमा दशवटा शीर्ष स्थानमा जम्मै अमेरिका र बेलायतका युनिभर्सिटीहरु छन् । पोहोरसाल क्याम्ब्रिज र अक्सफोर्डले छैठौ स्थानमा बराबर स्थान ओगटेका थिए, तर, यसवर्षअक्सफोर्ड चौथो स्थानमा आएको छ र क्याम्बि्रिजचाँहि छैठौ स्थानमा रहेको छ । त्यसैगरी उत्तम दशवटा युनिभर्सिटीहरुका आठौ स्थानमा लण्डनको इम्परियल कलेज पर्न सफल भएको छ । अध्ययनले बेलायतका युनिभर्सिटीहरुले आफ्नो राम्रो स्तर कायम गरिरहेका देखिएको छ तर यस क्षेत्रसित सम्बन्धित व्यक्तिहरुले कटौतीका कारणबाट युनिभर्सिटीहरुलाई असर पर्ने कुरा बताएका छन । द टाइम्स हाइयार एजुकेशनले अध्ययन गरेको यस विषयमा सरकारले सोचेभन्दा युनिभर्सिटीहरुका प्रदर्शन राम्रो भएको कुरा यस पत्रिकाको एडिटर आन मरोजले भनेकी छिन् ।
उनले अघि …. सरकारले यस नतिजालाई मध्येनजर गरी यसविषयमा शीघ्र चासो राखेर पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । राजनीतिक कारणले गर्दा सदा तटस्थ रहने नियम कहिल्यै पनि तोडिएको छैन.. भनेकी छिन् । पचासवटा उत्तम युनिभर्सिटीहरुमा सातवटा बेलायतका युनिभर्सिटीहरु पर्छन् र टप सयवटाभित्र जम्मा १२वटा छन् । अघिल्लो वर्ष सयवटाको सूची क्रममा १४ वटा परेका थिए । यस सालको पहिलो स्थानमा अमेरिकाको क्यालिफोर्निया इन्सिटिट्यूट अफ टेकनोलोजीले ओगटेको छ भने दोस्रो स्थानमा हार्वर्ड एण्ड स्टानफोड संयुक्त रुपमा दोश्रो भएको छ । वरियताक्रमको छनौट गर्ने आधार १३ वटा क्षेत्रलाई लिएर निर्धारण गरिन्छ त्यसमा अनुसन्धान, अध्यपन र अन्तरराष्ट्रिय कार्यक्रमलाई समेटने गरेको हुन्छ । द टाइम्स हाइयार एजुकेशनको तालिकामा बेलायतका राम्रो युनिभर्सिटीका वरियताक्रममा १५०वटा विश्वका युनिभर्सिटीहरुमा २३वटा बेलायतका युनिभर्सिटीहरु पर्छन् । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया