लण्डन । शिक्षकहरुलाई सात कक्षाका नौ जोडी जुम्ल्याहा नयाँ विद्यार्थीहरु स्कुलमा भर्ना भएर आएपछि उनीहरुलाई चिन्न मुश्किल भइरहेको समाचार प्रकाशमा आएको छ । बेला-बेलामा आँखाले ठिम्याउन नसकेर झुक्किएका छन् । ११, १२ वर्षका यी छात्रछात्राहरु चेस्टरफिल्डको नेदरथोर्प स्कुलमा हाल अध्ययनरत् छन् । सहायक प्रधान शिक्षक, पिटर बाम्फोर्डले गिनिज बुकमा दर्ता गर्नकालागि सम्बन्धित निकायसंग सर्म्पर्क गरिसकेका छन् । पोहोरसाल आठजना जुम्ल्याहाको जोडी एउटै कक्षामा अध्ययन गरिरहेका रेकर्डलाई यसपालि नौ जोडीको रेकर्डले तोडेको छ । बेलायतमा हालसम्म बढी जुम्ल्याहाहरुका जोडी यही भएकोले गिनिज बुकमा दर्ता गरेको हो । सहायक प्रधान शिक्षकले यस विषयलाई उद्धृत गर्दै …. मैले मेरो ३० वर्षको सेवाकालमा यस्तो कहिल्यै देखेको थिईनँ, यो चमत्कार जस्तै लाग्छ मलाई …. भनेका छन् । पृथ्वी जल्ामग्न भई प्रलय भएको बेलामा नोहाको डुँगामा सृष्टिका लागि राखिएका प्रत्येक जोडी झै जुम्ल्याहाहरु दुई-दुईजना गरेर भित्रबाहिर आउँदा मलाई त्यस्तै भान हुन्छ भनेर उनले भनेका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया