दाउन्ने पहाडमा ठाउँ-ठाउँमा पहिरो, यातायात अबरुद्ध

दाउन्ने पहाडमा ठाउँ-ठाउँमा पहिरो, यातायात अबरुद्ध


निरन्तरको वर्षाका कारण नवलपरासीको दाउन्ने पहाडका दर्जनौं स्थानमा पहिरो खस्दा पुर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । हिजो राती ८ बजेदेखि नै दाउन्नेका विभिन्न स्थानमा पहिरो खसेपछि बाटो अवरुद्ध बनेको हो । आज बिहानदेखि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलरासीले जानकारी दिएको छ ।

पहिरोका कारण १० घण्टादेखि यातायात अबरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । वर्षा भईरहेको र पहिरो खस्न नरोकिएकाले बाटो खुलाउन कठिन भइरहेको प्रहरीको भनाई छ ।

– रमेश बस्ताकोटी