विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु अत्याधिक प्रभावित भएको भन्दै गृह मन्त्रालयले विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेको छ । देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको भन्दै सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको हो।
वर्षाका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दांग, बांकेलगायतका जिल्लाका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् । खोज, उद्दार र राहतमा सहयोगका लागि सबैमा अपिल गरेको छ । बाढी, पहिरो र डुवानका समस्या निम्तिएपछि मन्त्रालयले सार्वजनिक अपील गरेको उल्लेख गरेको छ ।
‘यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पु¥याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आआफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृह मन्त्रालय हार्दिक अपिल गर्दछ ।’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनेको छ ।
मन्त्रालयले खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको छ ।
प्रतिक्रिया