८४०जनालाई रक्तदानकर्ता

८४०जनालाई रक्तदानकर्ता


लण्डन । बेलायतकी सबैभन्दा उदार रक्तदानकर्ताले एकसयबीस पोइन्ट रक्तदान गरेर यो साबित गरेकी छिन् कि उनी आफ्नो शरीरबाट रगत निकाल्ने सुइ देखेर कत्ति पनि डराउँदिनन् । ७३ वर्षीया डोरोथी मानलेले विगत ५५ वर्षदेखि अहिलेसम्म रक्तदान नबिराएर तोकिएको समयमा दिँदै आएकी छिन् । कमै पाउने “ए” वर्गको रगत भएकी डोरोथीले अहिलेसम्म ८४०जना बच्चाहरु अर्थात् ३६०जना वयस्कहरुलाई रक्तदान गरेर बचाएकी छिन् भनेर यस क्षेत्रमा आबद्ध विज्ञहरुले बताएका छन् । प्रेन्टोन, मर्सिसाइड निवासी हजुरआमा भइसकेकी डोरोथी आफ्नो पति ब्रायनसंग बस्दै आएकी छिन् । उनी १८ वर्षको उमेरदेखि प्रत्येक तीनमहिनाको अन्तरालमा नबिराइकन रक्तदान गर्दै आइरहेकी छिन् । उनले केवल बच्चा गर्भ रहँदा र जन्माउँदाको समयबाहेक अरु समयमा रक्तदान गर्दै आएकी छिन् ।
आरएएफसँग आबद्ध रही काम गरेकी कामदार तथा परिक्षा निरीक्षकसमेत रहेकी डोरोथीले … म जब डनलोपको एउटा अफिसमा काम गरिरहेकी थिएँ त्यसबेला भोलेयन्टियर रक्तदान गर्ने मानिसहरु खोज्दै आएको बेलामा मैले पनि स्वेच्छाले रक्तदान गरेकी थिएँ त्यतिबेलादेखि नै निरन्तर रक्तदान गर्दै अएकी थिएँ, मेरा २ जना बच्चाहरु जन्मँदा २ वर्षको ग्याप रहेको थियो, त्यसपछि म ७० वर्षको पुग्दा रक्तदान गर्ने निर्धारित समय पुग्यो भनेर रक्तदान लिएनन्, तर, ६ महिनापछि यदि स्वास्थ्य ठीक छ भने स्वेच्छाले रक्तदान गर्न सकिन्छ भन्ने पत्र पाएकोले अहिले रक्तदान गरीरहेकी छु … भनेर समाचारदाताहरुलाई भनेकी छिन् ।
औसत मानिसको शरीरमा आठ पइन्ट रगतको मात्र हुन्छ । भर्खरै जन्मेको बच्चाको शरीरमा एक कपजति मात्र रगत हुन्छ । हाम्रो शरीरको ८ प्रतिशतजति वजन रगतको हुन्छ । हाम्रो शरीरको सम्पूर्ण रगतलाई हाम्रो मुटुले एकदिनमा २ हजारपल्टसम्म तानेर शरीरभरि पुर्‍याउँछ । यदि एकपल्टमा एकपइन्ट रगत सुरक्षित तरिकाले रक्तदान गरिन्छभने केही फरक हुँदेन, तर, शरीरको आधाभन्दा बढी रगत एकमिनटभन्दा बढी गुम्न गए मृत्यु हुने खतरा रहन्छ । श्रोत – मेट्रो, सुमल, मेस ।