प्रलयकारी बाढको चपेटमा थाइल्याण्ड

प्रलयकारी बाढको चपेटमा थाइल्याण्ड


लण्डन । विगत अर्धशताब्दीभित्रको सबैभन्दा ठूलो बाढीले थाइल्याण्डका राजधानी बैंककलगायत देशका धेरै भागहरुमा धनजनको क्षति गर्दै जलमग्न बनाएको छ । थाई अधिकारीहरु यस संकटसँग अहोरात्रि जुझ्दै बाढीबाट देशलाई बचाउने प्रयत्न गरिरहेका छन् । राजधानी बैंककको उत्तरीक्षेत्रको बाहृयभागमा राजधानीभित्र यस हप्ता बाढी नआउँदै बाढी रोक्नकालागि कामदारहरुले माटोको पर्खाल खडा गरेका थिए । गत जुलाई महिनाबाट बाढी आउन थाले यतादेखि कम्तीमा २६९जना मानिसहरु भारी मनसुनी वर्षा, बाढी र पहिरोले गर्दा मृत्यु भइसकेका छन् । थाइल्याण्डको उत्तरीभाग, उत्तरपूर्व र मध्यभागमा बाढीको प्रभावको कारणबाट घरवार विहीन भई तेइसलाख मानिसहरु प्रभावित भएका छन् । त्यस्तै छिमेकी कम्बोडिया र भियतनाममा पनि यस्तै बाढीको प्रभाव परेको छ । हङकङको क्षेत्रफलभन्दा १३ गुणाबढी फसल भएका खेतीहरु अहिले जलमग्न भएर अन्नबाली नष्ट भएको समाचार छ । सातलाख घरहरु बाढीले बगाएको छ । राजधानीको उत्तरी क्षेत्रका एकयस अन्ठानब्बेवटा कारखानाहरु बन्द भएको कारणले गर्दा पथुमथाली राहत शिविरमा २००० भन्दा बढी मानिसहरु खचाखच भई बसेका छन् । बढी पर्यटकहरुका ओइरो लाग्ने मौसममा प्रलयकारी बाढीको कारणले गर्दा पर्यटकीय गन्तव्यहरु क्र्रमशः पौराणिक मन्दिर आयुतथाया र चियाङमाई क्षेत्रहरुलाई असर पर्नेछ भन्ने आशंका गर्न थालेका छन् । थाई सरकारले प्रलयकारी बाढीसँग भिड्नकालागि एक दशमलव सात अरब पाउण्ड रकम निकाश गरेको छ, तर, अहिलेसम्म एकदशमलव चार अरब पाउण्ड रकम बराबर यस कार्यमा खर्च भइसकेको समाचार प्राप्त भएको छ । श्रोत -नेट, सुमल, मेस ।