जिम्मेवारीबाट माओवादी पछि नहट्ने

जिम्मेवारीबाट माओवादी पछि नहट्ने


काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र नयाँ संविधान निर्माण गर्ने मुख्य जिम्मेवारीबाट माओवादी पछि नहट्ने बताएकाछन् । माओवादी अर्घाखाँचीले अर्घा गाविसको मसुरापाटामा बुधबार गरेको जनसभालाई सम्वोधन गर्दै प्रचण्डले शान्ति प्रक्रिया र संविधान निर्माणको मुख्य जिम्म्ोवारीबाट माओवादी पछि नहट्ने स्पष्ट पारेकाहुन् । माओवादी अध्यक्ष प्रचण्डले आगामी दुई महिनामा शान्ति प्रक्रिया टुङ्गिने र संविधानको खाका बाहिर ल्याउन सकिने विश्वास व्यक्त गरेकाछन् ।

देशी विदेशी प्रतिक्रियावादीहरु माओवादी फुटाउन लागिपरेको उल्लेख गर्दै उनले माओवादी फुटाउन चाहनेहरुले जतिसुकै टाउको फोरेपनि माओवादी नफुट्ने दावी सोही भेलामा गरेकाछन् । बुधबार विहान बसेको पदाधिकारी वैठक निकै सकारात्मक भएकाले पार्टी भित्रको विवाद छिटो समाधान हुने उनले बताएकाछन् । विश्वको कुनै पनि क्रन्ति एकै प्रकारको वा सिधा प्रकारको नहुने भन्दै अनि पार्टी क्रान्ति प्रति प्रतिवद्ध रहेको भन्दै कार्यकर्तालाई नआत्तिन आग्रह पनि सर्वसाधारणहरुमा गरेका छन् । ँक्रान्तिको स्वरुप मात्र परिवर्तन भएको छ, क्रान्तिलाई सम्पन्न गर्न हामी सधै इमान्दार छौं -उनले निचोडमा बताएका छन् ।
-देब, काठमाण्डौं, मेस