काठमाडौं । गैरआवासीय नेपाली संघको बुधबारबाट काठमाडौंमा शुरु भएको पाँचौं विश्वसम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले आर्थिक सामाजिक रुपान्तरणका लागि आर्थिक विकास जरुरी रहेको जानकारी दिए। आर्थिक विकासलाई मध्यनजर राखेर डेढ महिनाअघि प्रधानमन्त्री कार्यालयमा छुद्मै आर्थिक सेलको निर्माण गरेको छु भन्दै उनले सन् २०१२ र १३ लाई लगानी वर्ष घोषणा गर्ने तयारी गरिरहेको बताउँदै गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र अन्य विदेशी सहपाठीहरुलाई पनि नेपालमा लगानी गर्न मनाउन आग्रह गरे। गैरआवासीय नेपालीहरुलाई विदेशमा आर्जन गरेको ज्ञान सीप र अनुभव नेपालमा लगानी गरेर मुलुकको समृद्धिमा योगदान दिन उनले अनुरोध गरे। करिब ६ सय डलर प्रतिव्यक्ति नेपालीको आम्दानीलाई ३ हजार डलरमा पुड्डयाउनुपर्ने महङ्कवाकांक्षी लक्ष्य राखेको बताउँदै उनले कुल गार्हस्थ उत्पादनको ४५ प्रतिशतसम्म लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए। त्यस्तै वार्षिक ७ लाख रोजगारी सिर्जना गर्न सक्नुपर्ने जानकारी दिँदै उनले नेपालमा रहेका जल जमीन र जंगलजस्ता प्राकृतिक सम्पदाको उचित सदुपयोग गरेर यस्ता लक्ष्य हासिल गर्न कुनै गाह्रो नपर्ने टिप्पणी गरे। करीब २ करोड ७० लाख जनसंख्या भएको देश नेपाल अस्ट्रेलिया र मलेसियाभन्दा पनि ठूलो रहेको बताउँदै यसैका आधारमा नेपालमा लगानी गर्दा बजार सुरक्षित रहने टिप्पणी उनले गरे । भारत र चीनलाई जोड्ने हो भने विश्वको ३७ प्रतिशत जनसंख्या एसियाको यही भागमा रहेको जानकारी दिदै उनले नेपालमा लगानी गर्नु भनेको विश्वको ३७ प्रतिशत बजारका लागि रहेको बताए।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवम् प्रमुख संरक्षक उपेन्द्र महतोले देश समृद्ध भएन भने आफ्नो पुस्ताले धिक्कार्ने बताउँदै नेपालको समृद्धिमा योगदान दिन गैरआवासीय नेपालीलाई आग्रह गरे। उनले कुरा गरेर धेरै समय खेर फाल्नुभन्दा केही गरेर देखाउनसमेत आग्रह गरे। संघका अध्यक्ष देवमान हिराचनले गैरआवासीय नेपाली अभियानको संख्यात्मकभन्दा गुणात्मक विकासमा जोड दिए। उनले गैरआवासीय नेपालीलाई हेर्ने दृष्टिकोणमा हालका दिनमा व्यापक परिवर्तन आएको बताए। त्यस्तै अमेरिकाको तल्लो सदनका लागि उम्मेदवार छनोट भएका नेपाली दर्शन रौनियारले लगानीको वातावरण बनाउने काम सरकारले गर्नुपर्ने बताए।
गैरआवासीय नेपाली संघका यो भेलाले निर्वाचनरहित नयाँ कार्य समितिको गठन गर्न प्रयास गरिरहेको छ ।
-देब, मेस, काठमाण्डौं
प्रतिक्रिया