कांग्रेसले डाक्यो आकस्मिक बैठक !

कांग्रेसले डाक्यो आकस्मिक बैठक !


तराईमा बाढीपहिरोले बिकराल रुप लिएपछि कांग्रेसले आकस्मिक बैठक डाकेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक आज दिउँसो बस्न लागेको हो ।

बाढी पहिरो र डुबानको समस्याका बारेमा छलफल गर्न सभापति शेरवहादुर देउवाले आकस्मिक रुपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका हुन ।

बैठक दिउँसो ४ वजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने कांग्रेसका एक नेताले जानकारी दिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र देउवा बिच आइतवार बिहान छलफल समेत भएको थियो ।