आपूर्ति मन्त्रालयले देशभर रहेका मन्त्रालय सम्बद्ध कर्मचारीको बिदा कटौती गरेको छ । देशभर बाढी तथा पहिरोबाट जनधनको क्षति भएको भन्दै विदामा नबसी सबैलाई राहत वितरण र उद्धार कार्यमा खटीन सवै कर्मचारीलाई निर्देशन दिएको छ ।
आइतबार मन्त्रालयमा गरिएको छलफलमा मन्त्रालयका उपसचिवको नेतृत्वमा राहत वितरण तथा उद्धार कार्यकालागि टोली खटाउने निर्णय गरिएको आपूर्तिमन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिएका छन् । बाढी तथा पहिरोपीडितले तत्काल खाना पकाएर खान सक्ने अवस्था छैन्। खाद्य संस्थान र साल्टट्रेडिङसँग समन्वय गरेर तत्काल उपलब्ध गराउन सकिने सबै राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
दाल, चामल, चिउरा, नुन, तेल लगायतका सामाग्री तत्काल पुर्याउने निर्णय गरेको मन्त्रालयले आगो बालेर खाना पकाउन नसकिने ठाउँमा तयारी खाद्य सामाग्री पनि उपलब्ध गराउने निर्णय गरेको छ। हरेक जिल्लामा रहेका जिल्ला उपभोक्ता समितिसँग समन्वय गरेर र हरेक जिल्लाको रिपोर्टिङ मन्त्रालयमा गर्न पनि मन्त्रालयले सबै कर्मचारीलाई निर्देशन दिएको राईले बताए। मन्त्रालयले, आपतकालिन अवस्था भएकोले सबै तहका कर्मचारीलाई कुनै पनि बिदा नदिने र सबै कर्मचारीलाई राहत र उद्धारमा खटाउने निर्णय गरेको छ।
प्रतिक्रिया