सुत्केरी बोकेको गाडी बाढीले बगायो

सुत्केरी बोकेको गाडी बाढीले बगायो


रौतहटमा सुत्केरी बोकेको गाडी बाढीले बगाएको छ । जिल्लाको लौकाह गाउँबाट गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजादै गर्दा गाडी बाढीले कटान गरेको खाल्डोमा फसेको र ६ जनाको ज्यान गएको रौटहट प्रहरीले जनाएको छ ।

लौकाहबाट प्राथमिक स्वास्थ्य केन्द्र राजपुर परदहवा लैजाने क्रममा लालबकैया नदीको बाढीले कटान गरेको सडकबाट गाडी खसेको थियो ।

दुर्घटनामा सवारीका चालक र अर्का एक जना भने बाच्न सफल भएका छन् । गाडिमा सवार गर्भवतीसहित चार महिला र दुई पुरुषको मृत्यु भएको छ ।

केही दिनदेखि अविरल परेको वर्षका कारण रौतहटका अधिकां नदीमा बाढी आएको छ भने रौतहट जलमग्न भएको छ । गौरको मुख्य सडकमा ५ फिट पानी जमेको स्थानीयको भनाई छ ।